१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेर आगलागी



धादिङ – त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेर आगलागी भएको छ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय