७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राजेश हमाल, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई राष्ट्रपतिबाट विभूषण प्रदान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजेश हमाल, नीर शाह, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँवर्षको अवसरमा शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरे ।

शाहसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरे । दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरे ।

मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गरे । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार) सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गरे ।

प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गरे । सरकारले गत असोज ३ गते विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !