१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कुलमान घिसिंगको अवकाससंगै बिजुलीको लाईन जाने क्रम बढ्यो



काठमाडौं । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ?

लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण नै दिनु पर्‍यो । मर्मतका लागि लाइन काट्दा ग्राहकमा भ्रम पर्न गएको मन्त्रालयले बताएको छ ।

मन्त्री पुनको सचिवालयले पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जामन्त्रीको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ र, सचिवालयको हटलाइन ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !