आईपीएलमा बेङ्गलोरको विजयी सुरुवात « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

आईपीएलमा बेङ्गलोरको विजयी सुरुवात



काठमाडौं । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन । बेयर्‍स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रन जोडे । बाँकी खेलाडी दोहोरो अंक नजोडी आउट भए ।

बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २–२ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गरे ।

पाडिक्कलले ४२ बल खेल्दा ८ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै डे भिलियसर्सले ३० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आरोन फिन्चले २९ र कप्तान कोहलीले १४ रन जोडे । हैदरावादका लागि टि नटराजन, अभिषेक शर्मा र विजय शंकरले १–१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !


बंगलादेशले ओमानलाई हरायो



एजेन्सी। आइसीसी टि २० विश्वकप अन्तर्गत पहिलो चरणको खेल अन्तर्गत समूह बी को खेलमा बंगलादेशले ओमानलाई पराजित गरेको छ। बुधबार राती भएको खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको हो। बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २७ रनमा समेटियो। ओमानका जतिन्दर सिंहले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए।

काश्यप प्रजापतिले २१,मोहम्मद नदीमले अविजित १४ र कप्तान जिशान मकशूदले १२ रन जोडे। बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।सकिब अल हसनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। मेहदी हसन र मोहम्मद सैयफुद्दीनको नाममा एकएक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ५३ रन जोडेको थियो।बंगलादेशका ओपनर मोहम्मद नैमले ५० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रन जोडे। सकिब अल हसन २९ बलमा ६ चौकासहित ४२ रनमा आउट भए।महमुदुल्लाह रियाज १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए। बलिङतर्फ ओमानका बिलाल खानले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए।फयाज बटले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।कलिमुल्लाहले २ तथा कप्तान जिशान मकशूदले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस !

साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय



सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ  दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाा उपलब्ध गराउने निर्णय गरेको  गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किए



काठमाडौं । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो । खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । खेलाडीहरुलाई खादा लगाएर बाजागाजासहित स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: