२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

नेपालको खराब शुरुवात, ६९ रनमै पाँचौ विकेट पतन



काठमाडौं । काठमाडौंमा जारी एसीसी म्यानस प्रीमियरमा ब्याटिङमा उत्रिएको नेपालले खराब शुरुवात गरेको छ । कतारले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पायो तर ओपनिङको परम्परागत समस्या दोहोरियो । नौ रनमा दुई विकेट गुमाएको नेपालले ६९ रनमै पाँचौ विकेट गुमाइसकेको छ । नेपालका कप्तान रोहित पौडेल २७ रन बनाएर आउट भए भने अर्का युवा ब्याट्सम्यान कुशल मल्ल ३ रनमा आउट भए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। नेपालका ओपनिङका विकेट कतारका गयान मुनवीराले लिए । अहिले नेपालका सोमपाल कामी ६ र आरिफ शुन्य रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !