१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

दशैं लक्षित जहाजका टिकटहरु अग्रिम रुपमा धमाधम बिक्रि हुदै



काठमाडौं । दशैंलाई लक्षित गरी हवाई टिकट अग्रिम बुकिङ भने धमाधम भइरहेको छ । वायुसेवा कम्पनीका अनुसार सरकारले अक्टोबरपछिको दैनिक उडानको तालिका सार्वजनिक गरिसकेको छैन ।

यद्यपी आन्तरिक हवाई उडान सुरु भएसँगै टिकट बुकिङ भइरहेको कम्पनीहरुले जनाएका छन् । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैंको समयमा उड्ने गरी यात्रुले अहिले पनि टिकट बुक गर्न सक्छन् ।

तर, महामारीको अवस्था रहेका कारण बुक भएका सबै टिकटअनुसार उडान हुने-नहुने भने निश्चित हुँदैन ।

दशैंका लागि टिकट बुकिङ अहिले पनि गर्न सकिन्छ,’ उनले भने, ‘तर, बुकिङ गरेको टिकट अनुसार सबै उडान हुन सम्भव हुने नहुने अहिले नै भन्न सक्ने अवस्था रहन्न ।’

बुद्ध एयरका एक उच्च अधिकारीका अनुसार अहिले अग्रिम बुकिङको ट्रेन्ड हेर्दा दशैंको समयमा यात्रुको चाप बढी देखिएको छ । आएका बुकिङहरु एयरलाइन्सले ‘एसेप्ट’ पनि गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !