Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

पशुपति क्षेत्र विकास कोषद्वारा पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष माग

spot_img
spot_img

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले सामाजिक दूूरी कायम गर्दै भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष स्वीकृति माग गरेको छ । निषेधाज्ञा फुकुवा भएपछि धेरै भक्तजन पशुपति मन्दिरको दर्शनका लागि पुुग्ने गर्छन् तर प्रवेश निषेध गरिएकाले बाहिरबाटै फर्कन बाध्य छन् ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार सरकारसँग माग गरिएको अनुमति स्वीकृति भएमा सर्वसाधारणको अर्चनाका लागि मन्दिर खुला हुन्छ । कोरोनाका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाले यो अवघिमा पशुपतिनाथमा आउने ६० करोड रुपियाँ आम्दानी रोकिएको कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभएको छ ।

जनैपूर्णिमा, हरितालिका, बाबुको मुख हेर्ने, हरिपरिवर्तनी एकादशी, सोह्र श्राद्ध, गुलाँ र यलाँ पर्व बन्दाबन्दीका समयमा परेकोले भेटी ठप्प भएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले मन्दिर बन्द हुँदा करिब ३० करोड रुपियाँ भेटी सङ्कलन प्रभावित भएको बताउनुभयो ।

पशुपतिनाथमा प्रवेश गर्ने चार ढोकमध्ये दुईवटा मात्र चालू गरेर एउटाबाट आगमन र अर्कोबाट बहिर्गमन गरेर भक्तजनको मन बुझाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।- गोरखापत्र अनलाईन

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?