देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क



काठमाडौँ । सरकारले देशभरका १५ वटा सरकारी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको हो  ।

पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरु गरेको छ । सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस खालको सेवालाई समेटेको थियो । गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीले भन्नुभयो ।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा गरिब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा प्रदान गरिने छ ।- गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस !


५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ६ हजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। यही अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

कम्युनिष्ट पार्टीको सफलता असत्य रहेछ : पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ ।

‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ,’ कांग्रेस भिमाद नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले भने ।

सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको पौडेलले दाबी गरे । कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै उनले भने, ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन्, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उदेश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’ कम्युनिष्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको उनको जिकिर छ । 

उनले अधिनायकवादी शक्तिको प्रतीक कम्युनिष्ट पार्टी भएको बताए । अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।

आउने निर्वाचनमा कांग्रेसले सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलको जोड थियाे । गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय व्यहोर्नु परेको थियो । 

प्रतिक्रिया दिनुहोस !

मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत मागेकी छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकी हुन् । 

गत २४ असोजमा  बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । 

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउँदै उनले अहिले एमालेमाथि आक्रमण भइरहेको बताइन् । 

प्रदेशसभामा एक सय नाै सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: