१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जाहान्वीको ‘लक्ष्मीपूजा’ दशैंमा रिलिज हुने



निर्माता शोभित बस्नेतले चलचित्र ‘लक्ष्मीपूजा’को निर्माण गरिरहेका छन् । दशैंमा हलमा नै रिलिज गर्ने गरि उनले यो चलचित्रको छायांकन भैरहेको बताए । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई समिर मियाँले निर्देशन गरेका छन् ।

यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ । चलचित्रमा नायक सलोन बस्नेत र मोडल रियाशा दाहाल विशेष भूमिकामा देखिदैछन् ।

यो चलचित्रमा नायिका जाहान्वी दोहोरो भूमिकामा देखिदैछिन् । पारिवारिक प्रेमकथामा निर्माण भैरहेको यो चलचित्रलाई दशैं र तिहारको परिवेशमा प्रस्तुत गरिएको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको कथा, रामजी लामिछानेको कोरियोग्राफी, जयकुमार दर्लामीको छायांकन छ ।

निर्माता बस्नेतले भने–‘लक्ष्मीपूजा २ घन्टाको चलचित्र नै हो । यसको छायांकन अहिले थानकोट वरिपरी भैरहेको छ । हामीले छायांकन र सम्पादनको काम एकसाथ गरिरहेका छौ । दशैंसम्म हल खुल्यो भने चलचित्र हलमा रिलिज हुन्छ । होइन भने डीस होममा रिलिज गर्छौ ।’


प्रतिक्रिया दिनुहोस !