अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ? « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?



एकातर्फ नास्तिक मान्छेहरू भौतिक शरीर रहुन्जेलको सुखलाई नै वास्तविक सुख मान्छन् भने आध्यात्मिक मान्छेको सोचाइ फरक हुने गर्छ । अध्यात्मले जहिले पनि कर्म के हो ? असल र खराब कार्यको फल यही लोकमा मात्रै सीमित नभएर अर्काे जन्मसँग समेत जोडिएको भन्दै कुनै पनि लालसाले अर्काे जन्मको बन्धनमा हामीलाई फसाउने बताउने गर्छ ।

जबसम्म हामी कर्मको बन्धनमा बेरिएर बसेका हुन्छौं, त्यतिबेलासम्म हामी पुनर्जन्मको जालोमा बेरिइरहेका हुन्छौं भन्ने मान्यता छ । आफ्नो भाग र भोग अनुसारको कर्म निवृत्ति नगरेसम्म मान्छेले निरन्तर त्यही कर्मको जिम्मेवारी पूरा गर्न पनि पुनर्जन्म लिइरहनुपर्छ भन्ने आध्यात्मिक मत छ ।

यस मतबारे दर्शन अनुसार फरक फरक हुने गर्छ । पूर्वीय दर्शनका तीन सम्प्रदाय हिन्दु, बौद्ध र जैन दर्शनले पुनर्जन्मको अवधारणालाई कुनै न कुनै हदसम्म मानेका छन् ।

बौद्ध मतले पुनर्जन्मलाई स्वीकार गरे पनि आत्माको अमरत्वको कुरालाई मान्दैन । यो ब्रह्माण्ड, जीव, शरीर, संसार सबैथोक अस्थिर छ, कुनै कुरा स्थायी र स्थिर छैन भन्ने विचार हो । यसले मान्छे एकै दिनमा पनि कैयौं पटक मरेर पुनर्जन्म लिन्छ भन्ने विचार राख्ने सम्प्रदाय हो । संसारमा सदैव परिवर्तन भइरहेको छ, यो संसार परिवर्तनशील छ । त्यसैले मानिसको आत्मा पनि स्थिर वा स्थायी हुँदैन भन्ने मत बौद्ध दर्शनको छ ।

त्यस्तै, अर्काे दर्शन जैनवादले आत्मा सिद्धिको कुरा गरेको छ । जैन दर्शनले मानिसको मात्र होइन, सबै जीवको, मानिसभित्र हुने अति सूक्ष्म किराहरूको समेत आत्मा हुन्छ भन्ने मान्यता राखेको छ ।

त्यसैले अध्यात्म एउटा यस्तो ज्ञान हो । जसले सबै कुरा कुनै कर्ताको हातमा रहेकोले कुनै पनि कुरामा मरिहत्ते गर्नु आवश्यक नरहेको बताउँछ ।

यस जीवनमा बाँच्नको लागि बाँच्नु मात्र हो। यस जस्तो जीवन बिताउनु बाहेक, त्यहाँ धेरै हुनु पर्छ। त्यहाँ एक उच्च जीवन हुनुपर्छ। जीवनको लागि, यस प्रश्नको सहि उत्तरमा पुग्नै पर्छ, ’म को हुँ? ’यो प्रश्न कुनै पनि जन्मबाट उत्तरहीन छ। ’ म को हु ?

आफ्नो सच्चा स्वरूपको खोजी गरौं

म को हुँ ? म के होइन ? आत्मा भनेको के हो ? के मेरो हो ? के मेरो होइन ? दासत्व भनेको के हो ? मुक्ति भनेको के हो ? भगवान कर्ता हुन् कि होइनन् ? भगवानको वास्तविक स्वरूप के हो ? यस संसारको साँचो कर्ताको प्रकृति कस्तो हुन्छ ? यो संसारलाई कसले चलाउँछ ? सृष्टिकर्ताले कसरी काम गर्छ ? मायाको वास्तविकता के हो ? हामीले देखेका कुरा मात्रै सत्य हुन् कि त्यसको पछि पनि केही शाश्वत सत्य छ ? हामीले जति ज्ञान प्राप्त गरेका छौं, त्यो कतिसम्म सत्य छ ? यी कुराको खोजीबाट अध्यात्मले आफूले आफूलाई चिनाउने गर्छ ।

यी सबै प्रश्नहरूको सही उत्तर अध्यात्मले खोज्ने प्रयास गर्छ । यो असीमित खजाना हो । यो अध्यात्म विज्ञानसँग एक अद्भुत शक्ति छ ।

शुद्ध प्रेमको परिभाषा के हो ?

हिजोआज प्रेम शब्दको यति दुरूपयोग भएको छ कि हरेक चरणमा यसको अर्थका बारेमा प्रश्नहरू खडा हुने गर्छन् । यदि यो सांसारिक रूपमा गर्ने प्रेम सच्चा प्रेम हो भने यसमा धोका भन्ने शब्द कसरी आउँछ ?

केवल ज्ञानी पुरुषले जो जीवित मूर्तिहरू हुन्, हामीलाई प्रेमको सही परिभाषा दिन सक्छन् । साँचो प्रेम त्यो हो जुन कहिल्यै बढ्दैन र घट्दैन पनि । सम्मान गर्ने व्यक्तितर्फ कुनै उत्कटता हुँदैन, न त अपमान गर्ने व्यक्तिप्रति कुनै घृणा नै हुन्छ । संसारमा हुने यस्तो प्रेमलाई निर्दोष मान्ने गरिन्छ ।

संसारमा कुनै साँचो प्रेम छैन भन्दा पनि फरक नपर्ला । साँचो प्रेम एक व्यक्तिमा मात्र हुन सक्छ, जसले आफ्नो प्राणलाई पूर्णरूपले चिन्दछ ।

मृत्यु पछाडिको विज्ञान : आत्मा र पुनर्जन्म के हो ?

मृत्यु भनेको के हो भन्ने प्रश्नको वास्तविक उत्तर पनि अध्यात्मले नै दिन सक्छ । मृत्यु के हो ? मृत्युको समयमा के हुन्छ ? मृत्यु पछि के हुन्छ ? मृत्युको अनुभवको बारेमा कसरी भन्न सकिन्छ ? मर्ने मान्छे मरिहाल्छन्, बाँचेकाहरूले मृत व्यक्तिको बारेमा कसरी भन्न सक्छ ? जो जन्मन्छन् उनीहरूलाई आफ्नो अघिल्लो जन्मको बारेमा केही याद हुँदैन, कसैलाई पनि थाहा हुँदैन कि जन्म र मृत्युपछि के हुन्छ ? यी कुरा आध्यात्मिक मार्गमा लागेपछि विस्तारै आफैँले महसुस गर्ने कुरा हो ।

के पुनर्जन्म वास्तविकता हो ? डार्विनको मान्छेको उत्पत्ति सम्बन्धी सिद्धान्तअनुसार मानव जीवनसम्मको यो चरणमा विभिन्न विकासक्रम तयार भएको उल्लेख सो सिद्धान्तमा छ । यद्यपि त्यसमा पनि अब मान्छेपछि हाम्रो स्वरुपबारे केही उल्लेख गरिएको छैन ।

अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ । आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ ।


प्रतिक्रिया दिनुहोस !


बुढीकन्या तब्बूले भनिन् : अजयका कारण अविवाहित छुँ



अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण विहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजयले आफ्नी खास साथी तब्बूको विहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सवै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छिन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।

‘अजय धेरै प्रोटेकटिभ भएर नै मेरो लभ अन्यसँग परेको छैन’ तब्बूले अन्तरर्वार्तामा भनिन् । उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आट नगरेको बताइन् । ‘अजय पहिले देखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउथे’ तब्बू भन्छिन्, ‘अब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे । ‘तब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !



काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका छन् ।

सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश जबरालाई पनि भाग छुट्याइएको छ । उनको सिफारिसमा सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरिसकेका दीपक तिमिल्सिना मन्त्री बन्ने पक्का जस्तै छ ।

प्रधानन्यायाधीश जबरामाथि यसअघि ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायहरुमा भागवण्डामा आफ्नो मान्छे सिफारिस गराएको आरोप छ । सर्वोच्च अदालतमा विचाराधीन त्यही मुद्दा अनेक खेलका कारण सुनुवाइ नभई सरिरहेको देखिन्छ ।

यो पटक भने सत्ता साझेदार दलझैं मन्त्रिपरिषद विस्तारका क्रममा हुने भागवण्डामा उनी मुछिएका छन् । तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न सिंहदरबार प्रवेश गरेको घटनालाई अपवाद मान्ने हो भने मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश मुछिएको यो दुर्लभ घटना हो ।

प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासले ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटनको दोस्रो निर्णयलाई उल्ट्याएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । त्यही कारण सत्तारुढ दल प्रधानन्यायाधीश जबराप्रति अव्यक्त रुपमा ‘कृतज्ञ’ भएको र उनकै सिफारिसमा मन्त्री बनाउन लागिएको हो ।

प्रधानन्यायाधीशको कोटामा तिमिल्सिना मन्त्री भए बढीमा ६ महिनासम्म मात्रै पदमा रहन पाउने छन् । किनकी संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्छ । नभए पदमुक्त हुनेछन् ।

तिमिल्सिनाले भने आफूलाई त्यस्तो कुनै अफर नआएको बताए । ‘तपाईंहरु पनि हल्लाको पछाडि लाग्नुहुन्छ । यदि यो कुरा सत्य भए त तपाईंहरुलाई बोलाएर लड्डु खुवाइहाल्थेँ नि’ उनले भने, ‘मलाइ बेकारमा बदनाम गराउन यस्ता कुरामा लागेका छन् । त्यस्तो केही होइन । तपाईंहरु हल्लाको पछाडि लाग्नु हुदैन ।’ -अनलाइनखबर

प्रतिक्रिया दिनुहोस !

साइकलमा सुप बेच्ने नेपाली डोलराज १८ वर्षमा १७ रेस्टुरेन्टका मालिक



सन् २००३ मा डोलराज गैरे आफ्नाे सोख पूरा गर्ने र कमाइ बढाउन भारतको भोपाल आएका थिए । भोपाल आएर उनले साइकलमा सुप, स्यान्डविच र बिर्यानी बेच्न सुरु गरे । आज तिनै डोलराज भाेपाल सहरको सबैभन्दा प्रसिद्ध फास्ट फुड कर्नर ‘सागर गैरे’को मालिक बनेका छन् । याे सहरमा ‘सागर गैरे’ का १७ वटा आउटलेट छन् ।

भनिन्छ, यदि कुनै व्यक्तिले आफ्नो सीपलाई स्वीकारेर निष्कपटतासाथ काम गर्‍याे भने उसलाई सफल हुन केहीले रोक्न सक्दैन । डोलराज गैरेलाई पनि त्यस्तै भयो । सन् २००३ मा उनले सुप बेचेर खाद्य उद्योगमा काम गर्न थालेका थिए । त्यतिबेला उनीसँग कुनै पसल वा पुँजी थिएन । द बेटर इन्डियासँग डोलराजले भनेका छन्, ‘खाना पकाउनु मेरो सोख हो, म घरमा सुप, बिर्यानी र स्यान्डविच बनाउने गर्थे र अफिसबाट फर्किएपछि फुर्सदमा साइकलमा ती खानेकुरा बेच्थेँ । आफन्तहरूले पनि मलाई जिस्काए तर भोपालका मानिसलाई मेरो हातको स्वाद मन पर्‍याे । यही प्रेमले आज म यहाँ छु ।’

जागिरबाट सुरु भयो व्यवसाय

डोलराजको मूलघर नेपाल हो । उनी सामान्य किसानका छोरा हुन् । उनका धेरै आफन्त नातेदार भारतमा बस्थे । तिनै आफन्त नातेदारको आशमा उनी सन् १९८० मा कामको खोजीमा भारत आएका थिए । ८ कक्षासम्म अध्ययन गरेका डोलराजले सुरुमा दिल्लीमा काम गरे । पछि उनले मध्यप्रदेश पर्यटनमा सरकारी जागिर पनि पाए । सरकारी जागिर खान थालेपछि उनको परिवारले ठाने कि अब डोलराज व्यवस्थित भयो । तर डोलराजको योजना अर्को थियो । घरपरिवार र आफन्तको वास्ता नगरी उनी आफ्नो लयमा लागे । त्यतिबेला उनको जागिर करिब ३ बजे सकिन्थ्यो । यही समयलाई किन सदुपयोग नगर्ने भनेर साइकलमा ट्याङ्की बाँधेर सुप बेच्न थाले । डोलराजको सुप यति चर्चित भयो कि उनी सहरभरि ‘साइँली सुपवाल’ भनेर चिनिन थाले । तर यो नाम जोगाइराख्न उनीहरू कडा परिश्रम गर्थे ।

करिब एक वर्षपछि उनले जागिर छोडे र एउटा सानो कोठा भाडामा लिए । उनलाई पहिलो पसल किन्न पाँच वर्ष लाग्यो । उनले भोपाल बजारको १० नम्बर पसल किने । यही १६० वर्गफुटको पसलबाट तिनीहरूको प्रगति सुरु भयो । यही सानो पसलमा अहिले पनि १६ जना मानिस काम गर्छन् ।

स्वादमा एकरूपता

भोपालको यो फास्ट फुड रेस्टुरेन्टको मेनुमा सबै प्रकारका खाना पाइन्छ । तर यहाँका स्यान्डविच र सुप उपभोक्ताले सबैभन्दा बढी मन पराउँछन् । डोलराज भन्छन्, ‘हामी हरेक परिकारमा आफ्नै मसला प्रयोग गर्छौं । चाहे स्यानडविचका लागि मेयोनेज होस् वा चाउचाउको मसला । त्यसैकारण मानिसहरूले यहाँ पाउनेजस्तो स्वाद अन्त पाउँदैनन् ।’

उनीहरूले सरसफाइ र गुणस्तरमा विशेष ख्याल राखेका छन् । दुई वर्षअघि उनले कम्पनीको रूपमा ‘सागर गैरे’ दर्ता गराएका थिए । त्यसपछि यसका थुप्रै फ्रेन्चाइजहरू पनि खुलेका छन् । भोपालमा १७ वटा आउटलेट छन् जहाँ उनी समयसमयमा रेखदेख गर्न पुग्छन् । सबै आउटलेटमा प्रयोग हुने मसला एकै प्रकारका छन् । चाँडै छतरपुर, सागर र इन्दुरेमा पनि आउटलेट खोल्ने उनको तयारी छ ।

बर्गरलाई टक्कर दिने लक्ष्य

उनका अनुसार भोपालबाहेक अब लखनउ र मुम्बईमा पनि ‘सागर गैरे’ को फ्रेन्चाइज खोल्ने बारेमा छलफल भइरहेको छ । उनका छोरा सागर आफ्नो ब्रान्ड देशैभर फैलाउन बाबुसँगै मिलेर काम गरिरहेका छन् । ‘भारतका सबैजसो सहरमा विदेशी ब्रान्ड बर्गरको आउटलेट छन्, यस्तैगरी हामी किन गर्न सक्दैनौं ? नाफा मात्रै कमाउने हाम्रो सिद्धान्त कहिल्यै नभए । सकेसम्म धेरै मानिसलाई मद्दत गर्न चाहन्छौं ।’ पुराना दिन सम्झँदै डोलराज भन्छन्, ‘म आफ्नै हातले स्याण्डविच बनाएर मान्छेलाई बेचेको सम्झन्छु । त्यसले मलाई साँच्चै आनन्द दिन्छ ।’

डोलराजको मेहनत र आफूप्रतिको विश्वास साँच्चिकै उनको सफलताका कारण हुन् । तथापि, यसरी आफूले तयार पारेको स्वाद हरभरिकाले मन पराउँछन् भनेर उनले कहिल्यै सोचेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: