२२ मंसिर २०७८, बुधबार
 |   Wed Dec 8 2021
Logo

खराब जीवनशैलीले क्यान्सरको जोखिम



जीवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी अनेकन प्रक्रिया सुचारु भइरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् । यो प्रक्रिया हाम्रो शरीरमा हरक्षण चलिरहन्छ ।

तर, क्यान्सर भएको अवस्थामा शरीरमा रातो रक्त कोशिषका (रेड ब्लड सेल्स) र सेतो रक्त कोशिका (ह्वाइट ब्लड सेल्स) अनावश्यकरुपमा बढ्न थाल्छ । यी क्यान्सरका कोशिकाहरु बिस्तारै–बिस्तारै शरीरमा फैलिन्छन् र स्वस्थ कोशिकाहरुको काममा पनि बाधा पुग्छ । यीनै रोगी कोशिकाहरुलाई क्यान्सर भनिन्छ ।

हाम्रो शरीरमा पनि कम्प्युटरमा जस्तै धेरै प्रकारका कोडिङ हुन्छन्, जुन जिनको माध्यमबाट हाम्रो बुवाआमाद्वारा हाम्रो शरीरमा आउँछन् । चुरोट, सुर्ति, नशालु पदार्थ तथा गलत खानपानको कारणले हाम्रो कोशिकाहरुको जेनेटिक कोड बदलिन्छ र यही हाम्रो शरीरमा क्यान्सरको कारण बन्छ । त्यसैले क्यान्सर लाग्नु वा नलाग्नुमा हाम्रो जीवनशैली नै खास जिम्मेवार छ ।

चिकित्सकहरुका अनुसार खराब खानपान, जीवनशैली क्यान्सरको मूल कारण हुन् । निस्क्रिय बस्ने व्यक्ति, चुरोट र सूर्ती सेवन गर्ने व्यक्ति क्यान्सरको जोखिममा हुन्छन् ।

कुनै पनि प्रकारको क्यान्सरको खतरा सुर्ति खाने तथा चुरोट पिउने व्यक्तिहरुमा अत्यधिक हुन्छ । त्यसैले क्यान्सर जस्तो गम्भीर रोगबाट बच्नु छ भने सुर्तिजन्य पदार्थको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।

चुरोट पिउँदा फोक्सोको क्यान्सर, मिर्गौलाको क्यान्सर, ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।

बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् । चुरोट वा बिँडी सेवन नगर्ने तर अरुले फालेको धुवाँको सम्पर्कमा निरन्तर बसिन्छ भने पनि खतरा हुन्छ ।

शरीरका लागि मदिरापान खतरानक हुन्छ र यसले क्यान्सरको पनि खतरा उत्पन्न गर्छ । मदिरापान बढि मात्रामा लामो समयसम्म सेवन गर्दा फोक्सोको क्यान्सर, स्तन क्यान्सर र गुदा क्यान्सर हुने सम्भावना बढ्छ ।

शरीरको तौल अनियन्त्रितरुपमा बढ्नु पनि क्यान्सर र यस्ता कतिपय गम्भीर रोगको कारण हुन सक्छ । तौललाई नियन्त्रणमा राख्नका लागि हरेक दिन शारीरिक परिश्रम गर्नु आवश्यक छ ।

दिनभरी एकै ठाउँमा बसेर काम गर्नुहुन्छ भने बिहान वा बेलुका समय निकालेर आधा घन्टा व्ययायाम गर्नैपर्ने बताइन्छ । शरीरको तन्दुरुस्तीका लागि पनि आवश्यक छ कि हामी जति क्यालोरी खानामा लिन्छौं, यसको प्रयोग हुनुपर्छ । अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ ।

शरीरलाई रोगबाट बचाउनका लागि, तन्दुरुस्तीका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो ।

घरमा प्रयोग हुने तेल, मसला र रासनको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । फलफुल खरिद गर्दा तिनीहरुलाई पकाउनका लागि कुनै केमिकल प्रयोग गरिएको छ कि छैन भन्ने हेर्नुस । मिसावटयुक्त र केमिकलयुक्त दूध तथा यसबाट बनेको पनिर, मिठाई र व्यञ्जनको प्रयोगले पनि शरीरलाई नोक्सानी पु¥याउँछ । खानामा बढिभन्दा बढि गेडागुडी र दालको प्रयोग गरौं ।

जंक फुडहरुमा क्यालोरीको मात्रा पनि बढि हुन्छ र यसमा स्वाद बढाउनका लागि कैयौ हानिकारक तत्वहरु प्रयोग गरिएको हुन्छ । त्यसैले शरीरलाई आवश्यक मात्रामा मात्र पौष्टिक आहार लिनुपर्छ

सूर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

सनस्क्रिनले केही हदसम्म यी हानिकारक किरणहरुको प्रभावबाट बचाउँछ । तर, यसका अलावा घाममा निस्कदा आफ्नो पुरा शरीरलाई ढाक्नु उपयुक्त हुन्छ । आँखालाई यी हानिकारक किरणहरुबाट बचाउनका लागि सनग्लास लगाउने र बढि गाढा रंगका लुगा लगाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !


नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना निको भए



काठमाडौं । नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनीहरु दुवैजना संक्रमणमुक्त भएका छन् । दुवैजनाको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ । मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी गराएको थियो । त्यसमा एकजना विदेशी नागरिक थिए भने अर्का नेपाली नागरिक रहेका थिए । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !

थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका



एजेन्सी : अमेरिकाले उत्पादन हुने खानेकुराकाे एक तिहाई खानेकुरा फाल्ने गरेकाे छ । अमेरिकाकाे वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै साे जानाकारी दिएकाे हाे । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फाेहर अ‌ाधा कटाैती गर्ने प्रतिबद्धता जनाएकाे थियाे । 

खाद्यन्न हिनामिना गर्दा लाखाैं डलर नाेक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलाे परिणााममा खाद्यन्न फाेहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् । 

‘सन् २०१५ मा पेरिस सम्झाैतामा उल्लेख भएबमाेजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छ’, प्रतिवेदनमा भनिएकाे छ । 

‘जिवास्मबाट निस्काशन हुने इन्धन राेक्न सके पनि खाद्य फाेहर फाल्ने अहिलेकाे प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,’ प्रतिवेदनमा भनिएकाे छ । अमेरिकामा वर्षेनी ७ कराेड ३० लाख देखि १५ कराेड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेकाे भन्दै याे खाद्यन्नले वर्षेनी १५ कराेड मानिसलाई खान पुग्ने इपीएचले जनाएकाे छ । 

सन् २०१५ मा अमेरिकाकाे कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुकाे सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घाेषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नकाे ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: