विर्सने रोग : एक जटिलता « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

विर्सने रोग : एक जटिलता



तथ्यांक डरलाग्दो छ, विश्वमा औसत हरेक तीन सेकेन्डमा एक जना व्यक्तिले स्मरण क्षमता गुमाउने गर्छ । खासगरी अल्जाइमरको कारण । विगतमा बुढापाकालाई मात्र अल्जाइमरको समस्या हुन्थ्यो । अहिले भने युवा र वयस्कसमेत यसको शिकार हुने गरेका छन् ।

अल्जाइमर रोगको बृद्धिदर तीब्र भएको बताउँदै आगमी सन् २०३० सम्ममा यस रोगबाट पीडित हुनेको संख्या सात करोड बढी हुने आंकलन गरिएको छ ।

एशियामा मात्र दुई दशमलव २९ करोड मानिस डिमेन्सियाबाट पिडित रहेकोमा दक्षिण एसियामा मात्र ९८ लाख मानिस यस रोगबाट पिडित भएको विश्व अल्जाइमर रिपोर्टले जनाएको छ

के हो त अल्जाइमर रोग ?

अल्जाइमर भएमा व्यक्तिको मस्तिष्कको कोषिका सुकेर तथा क्रमश खिइएर स्मरण शक्ति कमजोर हुन्छ । यो मस्तिष्क सम्बन्धि समस्या भएकाले यसलाई न्यारोडिजेनेरेटिभ रोग पनि भन्ने गरिन्छ । यो रोगका कारण मस्तिष्कको कोषिकामा लगातार क्षति पुग्ने गर्छ ।

किन हुन्छ अल्जाइमर ?

उमेरका कारण पनि मानिसलाई अल्जाइमर रोगको जोखिम बढ्ने गर्छ । त्यस्तै, अल्जाइमर हुनुमा ७० प्रतिशत कारण वंशाणुगत कारण हुने गर्छ । त्यसबाहेक, उच्च रक्तचाप, टाउकाको चोटपटक, मोटोपना लगायतका कारण पनि अल्जाइमर हुनसक्ने भएकाले पछिल्लो समय अल्जाइमर रोग विश्वका लागि नै ‘थ्रेड’ बन्दै गएको छ । त्यसैलाई मध्य नजर गरेर यसबारे जनचेतना जगाउन पनि जनचेतना फैलाउन आवश्यक छ ।

अल्जाइमर रोग लागेमा यस्ता लक्षण देखिने गर्छ ।

लक्षण

–विर्सने (हालसाल तथा ४८ घण्टा भित्र गरेको काम तत्काल विर्सने)

–सोच्ने क्षमतामा कमी आउने

–व्यवहारमा परिवर्तन

–बोल्न तथा निल्नमा कठिनाई हुने

–उदासीपना बढ्ने

–र, यो समस्या बढ्दै गएमा व्यक्तिले वरिपरिको मान्छे समेत चिन्न छाड्ने ।

अल्जाइमर रोगको चरण

सामान्यतया , अल्जाइमर रोगको तीन चरण हुन्छ ।

प्रारम्भिक चरण- प्रारम्भिक चरणमा रोगीको साथी , परिवार लगायतका अन्य व्यक्तिहरुलाई यो समस्या महसुस हुन सक्छ । यद्यपी, यो रोग लागेका मानिसहरु सजिलै ड्राइभ तथा अन्य कार्य गर्न सक्दछ । यसका बाबजुद पनि रोगीलाई कुनै कुरा स्मरण गर्न समस्या हुनसक्छ । र, आफूले जानेको शब्द वा आफूले प्रयोग गर्ने वस्तु कहाँ राख्ने गरेको छ भनेर विर्सने, नाम समस्या हुने, पढेको कुरा विर्सने, कुनै योजना बनाउनमा असमर्थ हुने गर्दछ ।

मध्यम चरण-अल्जाइमर रो मध्यम चरणमा रहेमा यो रोग वर्षौसम्म रहिरहन सक्छ । जति जति रोग बढ्दै जान्छ, व्यक्तिलाई उति नै धेरै हेरचाहको आवश्यकता पर्न सक्छ । किनकी अल्जाइमरबाट ग्रसित व्यक्ति प्राय शब्दलाई लिएर दुविधामा पर्ने गर्छ, र अचम्मको व्यवहार गर्न थाल्छ ।

त्यसबाहेक यो, समस्या भएका व्यक्तिले आफ्नो विगतलाई नै विर्सने, मुडी हुने, आफ्नै घर तथा अफिसको ठेगाना पनि विर्सने, मौसम तथा विशेष अवसरमा लुगा छान्नमा कठिनाई हुने, पिसाब तथा दिशा रोक्नमा कठिनाई महसुस गर्ने, रातको सट्टा दिनमा सुत्ने र रातभर बेचैन रहने र व्यवहारमा परिवर्तन देखाउन थाल्छ ।

अन्तिम चरण-यस चरणमा व्यक्ति वरिपरिको वातावरण प्रति प्रतिक्रिया जनाउन, वरिपरिका मानिससित बोलचाल गर्न तथा आफ्नो गतिविधिलाई नियन्त्रण गर्न असर्मथ हुने गर्छ । परिणामस्वरुप, उनीहरुको स्मरणशक्ति जति जति कम हुँदै जान्छ, व्यक्तिमा परिवर्तन देखिन थाल्छ ।

र, उनीहरुलाई सधैभरी हेरचाह गर्नु पर्ने, वरिपरिको वातावरणको बारेमा लगातार स्मरण गराई रहनु पर्ने, खान, निल्न तथा बोल्न सिकाइराख्नु पर्छ ।

कसरी बच्ने ?

अल्जाइमर रोगबाट बच्ने निश्चित उपाय छैन । वैज्ञानिकहरु अझै पनि यसको अनुसन्धानमा जुटेका छन् । यद्यपि मुटु रोगको जोखिम, कोलेस्ट्रोल नियन्त्रण, मोटापना नियन्त्रण तथा मधुमेहलाई नियन्त्रण गरेर पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ । त्यसबाहेक, युवा अवस्था देखि नै नियमित व्यायाम गरेर पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !


बुढीकन्या तब्बूले भनिन् : अजयका कारण अविवाहित छुँ



अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण विहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजयले आफ्नी खास साथी तब्बूको विहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सवै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छिन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।

‘अजय धेरै प्रोटेकटिभ भएर नै मेरो लभ अन्यसँग परेको छैन’ तब्बूले अन्तरर्वार्तामा भनिन् । उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आट नगरेको बताइन् । ‘अजय पहिले देखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउथे’ तब्बू भन्छिन्, ‘अब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे । ‘तब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !



काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका छन् ।

सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश जबरालाई पनि भाग छुट्याइएको छ । उनको सिफारिसमा सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरिसकेका दीपक तिमिल्सिना मन्त्री बन्ने पक्का जस्तै छ ।

प्रधानन्यायाधीश जबरामाथि यसअघि ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायहरुमा भागवण्डामा आफ्नो मान्छे सिफारिस गराएको आरोप छ । सर्वोच्च अदालतमा विचाराधीन त्यही मुद्दा अनेक खेलका कारण सुनुवाइ नभई सरिरहेको देखिन्छ ।

यो पटक भने सत्ता साझेदार दलझैं मन्त्रिपरिषद विस्तारका क्रममा हुने भागवण्डामा उनी मुछिएका छन् । तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न सिंहदरबार प्रवेश गरेको घटनालाई अपवाद मान्ने हो भने मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश मुछिएको यो दुर्लभ घटना हो ।

प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासले ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटनको दोस्रो निर्णयलाई उल्ट्याएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । त्यही कारण सत्तारुढ दल प्रधानन्यायाधीश जबराप्रति अव्यक्त रुपमा ‘कृतज्ञ’ भएको र उनकै सिफारिसमा मन्त्री बनाउन लागिएको हो ।

प्रधानन्यायाधीशको कोटामा तिमिल्सिना मन्त्री भए बढीमा ६ महिनासम्म मात्रै पदमा रहन पाउने छन् । किनकी संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्छ । नभए पदमुक्त हुनेछन् ।

तिमिल्सिनाले भने आफूलाई त्यस्तो कुनै अफर नआएको बताए । ‘तपाईंहरु पनि हल्लाको पछाडि लाग्नुहुन्छ । यदि यो कुरा सत्य भए त तपाईंहरुलाई बोलाएर लड्डु खुवाइहाल्थेँ नि’ उनले भने, ‘मलाइ बेकारमा बदनाम गराउन यस्ता कुरामा लागेका छन् । त्यस्तो केही होइन । तपाईंहरु हल्लाको पछाडि लाग्नु हुदैन ।’ -अनलाइनखबर

प्रतिक्रिया दिनुहोस !

यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ



मनाङ, १४ असोज

फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्यानो छ ।

‘घाँस काट्ने ठाउँ नै छैन । अर्काको खेतमा काट्न पाइँदैन । अहिले त समय नै नराम्रो परेको छ । वनमा घाँस पलाएन,’ घाँस काट्दै गर्दा भेटिएकी साङ्गे भन्छिन्, ‘हिउँ नपरे त ठिकै हुन्थ्यो । हिउँ पर्‍यो भने वस्तुहरू भोकै मर्छन् ।’

दुई दिन काटेको घाँसले हिउँदभरीलाई पुर्‍याउनुपर्छ । हुन त बेशीमा चरन क्षेत्र छुट्याइएको छ । बर्खाका बेला बेशीमा वस्तु झार्न प्रतिवन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । मनाङको विकट र उत्तरी गाउँहरू नार र फूमा घाँस र बालीनाली काट्न साइत हेर्नुपर्छ ।

लामाले पानी नपर्ने र मौसम उघ्रिएको समयमा पात्रोबाट उपयुक्त मिति निकाल्छन् । लामाले तोकेकै मितिभित्र घाँस र बाली भित्र्यासक्नुपर्छ । घाँस काट्न धेरै खेत हुनेले चार दिन समय पाउँछन् भने कम हुनेले दुई दिनमै सिध्याउनुपर्छ ।

तल्लो क्षेत्रमा जस्तो ना र फू गाउँमा मन लागेका बेला घाँस काट्न र बाली भित्र्याउन पाइँदैन । प्रायः भदौको अन्तिमतिर यो काम गर्ने समय निकालिने नार मेताका स्थानीय मिङमर फुन्चो लामाले जानकारी दिए ।

‘घाँस नकुहिने समय हेरिन्छ । काटेको घाँस बटारेर राख्ने हो । महिनौसम्म राख्दा कुहिन सक्छ,’ उनले भने, ‘समय हेराएर काट्यो भने कुहिँदैन । हिउँदमा वस्तुले मिठो मानेर खान्छन् ।’ यो समय निकाल्न ढावाशेर्पा नामको छुट्टै समिति गठन भएको छ । सात सदस्यीय समितिमा लामासहित गाउँलेहरू हुन्छन् ।

‘लापरबाही नहोस् भनेर यस्तो गरेका हौं । करु पनि पात्रो हेरेर काट्छन् । नारमा भन्दा फूमा यो नियम झन् कडा छ,’ उनले थपे, ‘मन लाग्यो भनेर जतिखेर पनि काट्न पाइँदैन ।’

फूका मान्छेहरू हिउँदमा क्याङ झरे जस्तै नारका गाउँलेहरू च्याखु र मेतामा झर्छन् । कोही व्यापारका लागि शहर पुग्छन् । ‘माथिल्लो क्षेत्रका घाँस बर्खामा खाइसक्छ । हिउँदको लागि चरन क्षेत्र बेशीमा तोकेको हुन्छ,’ अर्का स्थानीय छोर्तेङछोवाङ लामाले भने, ‘दुईवटै गाउँको सीमामा गेट लगाएका छन् । पशुवस्तु गेट कट्यो भने समूहले कारबाही गर्छ ।’

उनका अनुसार कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैयाँ प्रतिगोटा जरिमाना तिर्नुपर्छ भने पुल नकटेको भए तीन सय रुपैयाँ लाग्छ । जरिमाना लिने गोठालेको समूह बनेको छ । उक्त समूहले भनेको मानेनन् भने युवा क्लव र आमा समूहलाई उजुरी गरिन्छ ।

मुस्ताङ, डोल्पालगायतका जिल्लामा बाली लगाउने समयलाई साकालाका नामले चिन्छन् । त्यो दिन सबै गाउँले मिलेर रमाइलो गरी अन्नको बिउ राख्ने गरिन्छ । ना र फू गाउँमा पनि यसै गरी अन्नबाली लगाउने साइत छ ।

तिब्बती पात्रोअनुसार बाली लगाउने र थन्क्याउने साइत निकालिन्छ । अब फू र नारका बासिन्दाहरू विस्तारै बेशी झर्न थाल्छन् । कात्तिकदेखि चैतसम्म बेशीमा बस्छन्, हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् ।

जनसंख्याका हिसावले यो गाउँपालिका सबैभन्दा सानो हो । धेरैजसो रोजगारी र अध्ययनका लागि बाहिरिएपछि गाउँ रित्तिँदै गएको छ । नार र फू गाउँमा पढ्नका लागि कक्ष ३ भन्दा माथिल्लो स्कुल छैन । कक्षा ३ सम्म पढ्ने विद्यार्थीसमेत नपाएर विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: