१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै



काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेको डीएसपी न्यौपानेले बताए ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर पनि लेदोले पुरिएको छ । डीएसपी न्यौपानेका अनुसार लामाको घरमा भएका दुई वटा खसी, तीन वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !