१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पाँचथरमा ट्याक्टरले किचेर एकै परिवारका दिदी/बहिनीको मृत्यु, चालक र सहचालक फरार



फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारपाको समेवामा ट्याक्टरले किचेर एकै घरका दुई बालिकाको ज्यान गएको छ । मे १ त २९६१ नम्बरको ट्याक्टरले किचेर स्थानीय कमल सुवेदीकी १३ वर्षीया जेठी छोरी पुजना र ९ वर्षीया माहिली छोरी गंगा सुवेदीको ज्यान गएको हो । हेवाँ खोलादेखि बालुवा बोकेर गएको ट्याक्टरले उनीहरूलाई किचेको थियो । बुधबार बिहान चालक सिटको छेउमा रहेका पुजना र गंगा उछिट्टिएर झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भाग्न खोज्दा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए ।

डालीमा बालुवामाथि बसेका दुईजना विद्यार्थी घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका छन् । मृतक पुजना र गंगा हिहिहाङ ७ मा रहेको भवानी माविका विद्यार्थी हुन् । पुजना कक्षा ८ र गंगा कक्षा ४ मा पढ्थे। स्थानीयका अनुसार मृतकका बुवा कमल सुवेदी वैदेशिक रोजगारिका लागि मलेसिया छन् । मृतकका आमा अम्बिका सुवेदी कक्षा १२ को परीक्षाका लागि बिराटनगर गएको स्थानीयले बताए ।


प्रतिक्रिया दिनुहोस !