Monday, October 7, 2024

ट्रेन्डिङ :

यातायात विभागले भन्यो- अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गरौं, खाना घरबाटै बोकौं

काठमाडौं | यातायात व्यवस्था विभागले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ।

त्यसरी यात्रा गर्दा सकेसम्म आफैंले घरबाट खाना/खाजा प्याक गरि लिएर हिँड्न पनि विभागले यात्रुहरुलाई अपिल गरेको छ।

होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दूरीको यात्रामा हिँड्दा सकेसम्म आफैंले घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न विभागले भनेको छ। सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना र खाजा साथमै बोक्न अनुरोध गरिएको विभागले जनाएको छ।

विभागले अत्यावश्यक काम परेमात्रै यात्रा गर्न पनि सुझाएको छ। सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

यात्रु तथा बसका चालक र सहचालकले समेत तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विभागले सबैलाई आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?