२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

सेनेटरी प्याडमा ब्राउन सुगर बोकेकी एक महिला विमानस्थलबाट पक्राउ



झापा । झापाको भद्रपुर विमानस्थलबाट १ महिला लागुऔषधसहित पक्राउ परेकी छिन्। जेठ ६ (शनिबार) गते बिहान ११ बजे यति एयरलाइन्सबाट काठमाडौं जान लागेकी २६ वर्षीया एन्जल राई लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेकी हुन्। उनले लगाएको भित्रि बस्त्रमा सेनेटरी प्याडको बीच भागमा प्लास्टिकमा पोको पारेर लान लागेको १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। साथै, उनको साथमा रहेको नागरिकता र एक थान मोबाइल समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय