१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

यसकारण ओलीलगायत बाहुनक्षेत्रीहरु कोशीवादी आन्दोलनबिरुद्ध उभिन्छन् : गोपाल किराती



पूर्वको पहिचान आन्दोलनमा किन सहभागी छैनन बाहुनक्षेत्री ? सामाजिक सञ्जाल युट्युवमा देखिएको कुनै बाहुन क्षेत्री युवाको प्रश्न हो यो। ऐतिहासिक एवं सैद्वान्तिक रुपमा त्यस प्रश्नको जवाफ निम्न हुन सक्दछन । पहिलो, पूर्वको आदिवासी गणराज्य क्षेत्री नेतृत्वको सैनिक कमाण्ड र बाहुनको हिन्दू प्रपञ्चमा हडप गरिएको हो। त्यसैले परम्परावादी बाहुनक्षेत्रीले आफुलाई विजेता र आदिवासी समुदायलाई पराजित ठान्दछन्। पृथ्वीनारायण शाहको गोर्खाली सैनिक हमला, जंगवहादुर राणाको मुलुकी ऐन, राजा महेन्द्रको हिन्दू राज्य दमन र हाल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको रवैयाले बाहुनक्षेत्री भनेका शासक अनि पूर्वका आदिवासीलाई चाहिं शासितको घृणित व्यवहार गरेको प्रष्टै छ।

अत: समाजशास्त्रीय नियम के हुने गर्छ भने शासक जातिहरु शासित जातिको मुक्ति आन्दोलनमा किमार्थ सहभागी हुँदैनन्। किनभने, शासक जातिले ठान्दछ कि शासित जातिको पहिचान आन्दोलनमा सहभागी हुनु भनेको शासक जातिको शासनसत्ता उल्ट्याउनु हो। तब ओलीलगायत बाहुनक्षेत्रीको खरो संरक्षकत्व लत्याएर आफ्नै कोशीवादी शासनसत्ता उल्ट्याउन कुन बाहुनक्षेत्री सडकमा आवोस ? अत: पहिचान आन्दोलनमा बाहुनक्षेत्री सहभागी नहुनुको ऐतिहासिक कारणमा बाहुनक्षेत्री जिम्मेवार छन् । आदिवासी किमार्थ होइन। एकाध गालिगलौजको प्रश्नमा उत्पीडितहरुले आक्रोश अवश्य व्यक्त गर्छन्। कतिपयको पेसा पनि होला। तर, हेक्का राखियोस्, कोशी प्रदेश खारेज संघर्ष समितिले बाहुनक्षेत्रीको कुनै प्रश्न उठाएको छैन।

दोस्रो : पहिचानवादीले श्रमिकवर्गीय मुद्दा उठाएका छैनन्। परिणाम, श्रमिकवर्गका बाहुनक्षेत्रीहरु पहिचान आन्दोलनमा आकर्शित हुन सकेका छैनन्। गम्भीरतापूर्वक ख्याल राख्नै पर्ने विषय के भने यथास्थितिमा कसै सित कसैको एकता हुनै सक्दैन। पूर्वको आदिवासी आन्दोलनले विजय प्राप्त गर्दा यहाँको राज्यसत्तामा श्रमिकवर्गको स्थान के हुनेछ ? यो प्रश्नको जवाफमा बाहुनक्षेत्री समेतका श्रमिकवर्गको व्यवहार निर्भर गर्दछ। आदिवासी श्रमिकवर्गको प्रश्नमा पनि सत्य यही हो कि आसन्न आदिवासी राज्यसत्तामा पनि उही सामन्त र दलाल पुँजीपतिकै शासन हुन्छ भने बेकारमा किन गर्ने आन्दोलन ? अत: पहिचानवादी आन्दोलनले श्रमिकवर्गको राज्यसत्ता स्थापित गरिछाड्ने सर्वोत्तम राजनीतिक कार्यदिशा अख्तियार पर्दछ। तब जातीय उत्पीडनकारी सामन्त र दलाल पुँजीवादी बाहुनक्षेत्रीसंग श्रमिकवर्गका बाहुनक्षेत्रीले वर्गीय सम्बन्ध विच्छेद गर्न सक्दछन् र श्रमिकवर्गका बाहुनक्षेत्रीहरु आदिवासीको न्यायपूर्ण मुक्तिआन्दोलनमा सहर्ष सहभागी बन्ने शैद्धान्तिक मार्ग प्रशस्त हुन सक्दछ।

आदिवासी आन्दोलनकारीले अख्तियार गर्नुपर्ने राजनीतिक सैद्वान्तिक प्रश्न यो हो। उपरोक्त विश्लेषणका आधारमा प्रष्ट हुन्छ, पहिचान आन्दोलनलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा प्रधान जिम्मेवारी बाहुनक्षेत्रीको हो, तत्कालमा सहायक जिम्मेवारी आदिवासीको हो। बाहुनक्षेत्री मूलका एकाध व्यक्तिहरु पहिचान आन्दोलनमा जो आवद्व छन, उनीहरु प्रगतिशील चेतनाले (नितान्त व्यक्तिगत हैसियतमा) लागेका मानिस हुन। अन्त्यमा, यहाँ क्षेत्रीको जुन उल्लेख गरिएको छ, त्यो गोर्खाली अन्धराष्ट्रवादी क्षेत्रीको हकमा लागू हुन्छ, खसको हकमा होइन। पछिल्लो समय खसहरु खस पहिचानको आन्दोलनमा समर्पित छन, जो आदिवासी आन्दोलनका मित्रहरु हुन्।


प्रतिक्रिया दिनुहोस !