१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको हितमा छैन : एमाले



काठमाडौं । नेकपा एमालेको नीति अनुसन्धान प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुलुकको हितमा नभएको भन्दै स्वीकार गर्न नसकिने जनाएको छ । सोमबार प्रतिष्ठानको धारणा सार्वजनिक गर्दै देशले भोगिरहेको कठिन परिस्थितिलाई अहिलेको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको प्रतिष्ठानले जनाएको छ । ‘यो नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक विकास गर्न, निराशा र हतोत्साहित निजी क्षेत्रको गुमेको विश्वास फर्काउन, नागरिकमा देखिएको त्रास र सुरक्षाको भावना हटाई भरोसा जगाउन र देशले अहिले भोगिरहेको कठिन परिस्थितिको सामना गर्नसक्ने देखिँदैन,’ प्रतिष्ठानले भनेको छ ।

९ बुँदामा सार्वजनिक गरिएको धारणामा नीति तथा कार्यक्रमको स्पष्ट दृष्टिकोण नभएको, संघीयता कार्यान्वयन र लोकतन्त्र सुदृढिकरण गर्ने विषय नभएको, सैद्धान्तिक आधार नभएको, राजनीतिक, सामाजिक, आर्थिक तथा बाह्य परिवेशका कारण उत्पन्न समस्यालाई नजर अन्दाज रहेको प्रतिष्ठानले जनाएको छ । यस्तै, नीति तथा प्रतिष्ठानले विद्यमान अर्थ राजनीति तथा समाजिक चुनौतीलाई आत्मसात गर्न नसकेको, धेरै वर्ष लगाएर तयार पारेका सामाजिक रुपान्तरण र समृद्धिका संरचना ध्वस्त पार्ने काम गरेको, झनै गहिरो आर्थिक संकट निम्त्याउने खतरा रहेको पनि प्रतिष्ठानको धारणामा जनाइएको छ । यसैबीच, सरकारले अध्ययनबिनाका योजना घोषणा गरेको भन्दै नीति तथा कार्यक्रम र बजेटबीच तालमेल मिल्ने सम्भावना नरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !