१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गाउँपालिकाका अध्यक्षको टाउकोमा बोतल प्रहार गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ



धनगढीः अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति खेम खड्का पक्राउ परेका छन्। अछाम प्रहरीको आग्रहमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो। मंगलवार साँझ उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अतिथि रिसोर्टबाट पक्राउ परेका हुन्। गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार गाउँपालिकाका अध्यक्ष साउँदले गाडिमा रहेका बेला रोकेर, बोतलले हानेको भन्दै उजुरी दिएका हुन्। काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउँदलाई नेपाल विद्यार्थी संघ ९नेविसंघ०का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले आक्रमण गरेको आरोप छ। खेम पक्राउ परेका छन भने नरबहादुर अझै फरार छन्।


प्रतिक्रिया दिनुहोस !