१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नक्कली शरणार्थी प्रकरणमा ओलीका सल्लाहकारको नाम पोलेपछि महासचिव पोखरेलको विरोध



काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् । यो प्रकरणका मुख्य योजनाकार केशव दुलालले मंगलबार बयान दिँदा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिवहरुको नाम पोलेपछि पोखरेलले सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भने, काक्राचोरले काक्रा आफुले खाएर विया सोझा गाउले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान । सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ । यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि मुछिएको छ ।


प्रतिक्रिया दिनुहोस !