१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब



बुटवल । तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पांच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । नगरपालिकाभित्रका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन् । पाँच महिनासम्म तलब नपाउँदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दी बाहेकका कर्मचारी छन् । नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले तलब नियमित पाउने सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !