१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आठ महिनामै पाण्डेको खातामा जम्मा भयो ८५ लाख रुपैयाँ



काठमाडौं । गृहसचिव भएको आठ महिनामै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको खातामा ८५ लाख जम्मा भएको देखिएको छ । नक्कली भुटानी शरणर्थी प्रकरणमा नीतिगत नेतृत्व गरेको अभियोग लागेका सचिव पाण्डेलाई अभियुक्त केशव दुलालले सवा करोड बुझाएको बयान अख्तियारप्राप्त अधिकारीसमक्ष दिएका छन् । तर, सचिव पाण्डेको खातामा भने ८४ लाख ९४ हजार ९ रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलाइएको छ । पाण्डेले आफ्ना सुरक्ष गार्ड वरिष्ठ सई धर्मराज शाहीलाई सञ्चयकोष, नागरिक लगानी कोष र एभरेस्ट बैंकको खातामा जम्मा गर्न लगाएको अभियोगपत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !