१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

धरापमा बुटवलका आधा दर्जन सहकारी : ४० करोड डुब्ने खतरा, त्रासमा बचतकर्ता



बुटवल । काठमाडौँमा केन्द्रीय कार्यालय रही बुटवलको योगकुटीमा शाखा रहेको शिव शिखर सहकारीमा फागुन पहिलो साताबाट बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था आयो । उसले भाडाको भवनमा सहकारीसँगै डिपार्टमेन्ट स्टोरसमेत चलाएको थियो। बर्चतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि शिव शिखर अहिले पूर्ण रूपमा बन्द छ। उक्त सहकारीपछि बुटवलको राजमार्ग चौराहामा शाखा रहेको सुप्रिम बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त बन्न पुगेको छ । त्यहाँ पनि बचतकर्ताकोरकम झिक्नै समस्या भयो । बुटवलमै अर्को आगन्तुक बहुउद्देश्यीय सहकारी खराब कर्जाका कारण सङ्कटग्रस्त बन्न पुगेको छ ।

सहकारी समस्यामा परेको बचतकर्ताले थाहा पाएपछि एकपछि अर्को गर्दै रकम लिन जाँदा विभिन्न बहाना बनाउँदै सम्पर्कमा आउन चाहदैैनन् भने अहिलेसम्म ६ वटा सहकारीमा पूर्ण रूपमा समस्या देखिएर बन्द भएका छन् । बुटवलकै सत्यदीप सहकारी, उपकार सहकारी, लुम्बिनी बहुउद्देश्यीय सहकारी, मार्गदर्शन, सार्थक सहकारी, साइन सहकारी सङ्कटग्रस्त बनेका छन् । यसरी यहाँ पछिल्लो दिनमा एकपछि अर्को सहकारी संकटमा फस्न थालेपछि बचतकर्ताहरू करोडौँ रुपैयाँ रकम डुब्ने त्रासमा छन् । सहकारी समस्यामा परेको बचतकर्ताले थाहा पाएपछि एकपछि अर्को गर्दै रकम लिन जाँदा विभिन्न बहाना बनाउँदै सम्पर्कमा आउन चाहदैैनन् भने अहिलेसम्म ६ वटा सहकारीमा पूर्ण रूपमा समस्या देखिएर बन्द भएका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलमा अहिले देखिएका सहकारी यहाँ दर्ता नभएर बाहिरै दर्ता भएकाले नगरपालिकालाई कारबाही गर्न समस्या भएको बताए । शिव शिखर सहकारीका घरधनी ईश्वरी मल्लल आफ्नो घर तीन महिनादेखि बन्द रहेकाले खाली गराउन वडा कार्यालयसहित प्रहरी र नगरपालिकामा निवेदन दिएका छन् । बुटवलमा आधा दर्जन सहकारीमा झन्डै १० हजारभन्दा बढी बचतकर्ताको ४० करोड रुपैयाँ बचत रहेको बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक सन्दीप सापकोटा बताए । उनले फितलो नियमन र सञ्चालकको मनोमानी बढ्दा सहकारीमा सर्वसाधारणको रकममा समस्या देखिएको जनाए ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने, ‘तर नगरवासीहरूको रकम डुबेपछि त्यसमा हामीले चुप लाग्ने विषय हुँदैन । कारवाहीको लागि सहजीकरण गरिदिएका छौ ।’ रुपन्देहीका प्रमुख जिल्लाअधिकारी भरतमणि पाण्डेले रुपन्देहीका ३ वटा सहकारीमा बचतकर्ताहरुले निवेदन दिएपछि सुप्रिम सहकारीमा प्रहरी प्रशासनलाई राखेर छलफल गराएको, बाँकी दुई स्थानीय तहलाई जिम्मा दिएको बताए । लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयकारजिस्ट्रार भीम तिवारीले समस्याग्रस्त सहकारीको अनुगमन गरी फरारहरूको खोजी भइरहेको बताए । उनले बुटवलको सत्यदीप, सार्थक, आगन्तुकलगायत सहकारीको कार्यालयमा स्वयम् पुगेर बचतकर्ताको भुक्तानीका लागि पहल थालेको जनाए ।


प्रतिक्रिया दिनुहोस !