१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लोसपाका कुर्मी वन तथा वातावरण मन्त्रीमा नियुक्त



जनकपुरधाम । एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् । तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए । उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित छन् ।


प्रतिक्रिया दिनुहोस !