१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

युवा संघको आरोप : शरणार्थी प्रकरणमा एमाले नेतामाथि राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भयो



काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूमाथि प्रतिशोध साँध्न खोजेको आरोप आरोप लगाएको छ । सो प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै युवा संघको केन्द्रीय कमिटीले बुझाएको ज्ञापनपत्रका एमाले नेता र अख्तियारका प्रमुख आयुक्तमाथि प्रतिशोध साँध्न खोजेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अभियुक्तहरूले प्रहरी हिरासतमा दिएको बयानलाई नै प्रभावित हुनेगरी कतिपय उच्च प्रहरी अधिकारी र प्रशासनिक असिधिकारहीको समेत योजनामा कतिपय अभियुक्तहरूको थप बयान लिएर नेकपा एमालेका नेताहरू, अख्तियारका प्रमुख आयुक्त समेतलाई आरोप लगाउनले बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारबाही गर्ने राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको छ।’

अनुसन्धानको क्रममा घटनाको प्रारम्भ प्रतिवेदन परिवर्तन गर्ने क्रममा संलग्न र मानव तस्करीमा संलग्न व्यक्तिहरूभन्दा पनि राजनीतिक उद्देश्यले अनुसन्धानलाई तोडमोड गर्ने गराउने कार्य भएको कुरा अभियोग पत्र अध्ययन गर्दा स्पष्ट भएको गृहमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ ।अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत् सार्वजनिक गर्ने कार्यबाट र व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको युवा संघले जनाएको छ । सो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् भने, उपाध्यक्ष रामबहादुर थापा बादल, एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकिय सचिवलगायतको नाम बयानको क्रममा आएपछि युवा संघले गृहमन्त्रीको ध्यानकर्षण गराएको हो ।


प्रतिक्रिया दिनुहोस !