९ बैशाख २०८१, आईतवार
 |   Sun Apr 21 2024
Logo

यौन व्यवसाय सञ्चालन गरेको आरोप दुई जना प्रकाउ



दैलेख । दैलेखका यौन व्यवसाय सञ्चालन गरेको आरोप दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले सदरमुकामस्थित होटल सञ्चालन गरिरहेका दुईजना सञ्चालकलाई पक्राउ गरेको हो। दैलेखका प्रहरी नायव उपरीक्षक ९डीएसपी० किशोर लम्सालका अनुसार प्रकाउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेका छन्।

नारायण नगरपालिका–८ ढकाने घर भएका न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस्तै, आरती होटलका सञ्चालक कटुवालले पनि आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !