१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतका रेलमन्त्रीको कोरोनाका कारण निधन



नयाँ दिल्ली (एजेन्सी)। कोरोना संक्रमणका कारण भारतका रेलमन्त्रीको निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारतीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ।

उनलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमणका कारण यसअघि भारतका प्रदेशका मन्त्रीहरुको पनि निधन भइसकेको छ। भारतमा पूर्व राष्ट्रपति प्रणव मुखर्जीको पनि कोरोना संक्रमणपछि निधन भएको थियो।

भारतमा हाल ७० लाख मानिस कोरोना संक्रमित भएका छन्। भारत कोरोना संक्रमणमा सबैभन्दा बढी प्रभावित विश्वको दोस्रो मुलुक हो। अमेरिका पहिलो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !