राष्ट्रसंघको महासभा यसपटक बन्यो अपूर्व महासभा « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

राष्ट्रसंघको महासभा यसपटक बन्यो अपूर्व महासभा



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो ।

महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियोमार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ ।

महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ ।

महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भए पनि अहिले भने निकै थोरै मात्रै सुरक्षाकर्मीह देखिएका छन् ।

राष्ट्रसंघ मुख्यालय वरीपरीको अहिलेको अवस्था हेर्दा महासभा चलिरहेको बेलाको जस्तो नदेखिएर अन्य सामान्य अवस्थाको बेला जस्तो देखिएको छ । यहाँ अहिले केही सुरक्षाकर्मी, केही कर्मचारी र अलिअलि पत्रकार मात्रै देखिने गरेका छन् ।

राष्ट्रसंघको महासभा भइरहेको बेला मुख्यलय रहेको न्युयोर्क शहरकै चहलपहल फरक हुने गरेको स्थानीयको अनुभव छ ।

महासभा चलिरहेका बेला विश्वभरका नेताहरुको ध्यानाकर्षण गर्न धेरै प्रदर्शनहरु हुने र विभिन्न प्रदर्शनी पनि चलाइने गरिन्थ्यो ।

सभा हलमा विश्वका नेताहरुको अनुपस्थिति विना पनि महासभा होला भन्ने यसअघि कहिल्यै अपेक्षा तथा अनुमान गरिएको थिएन । झण्डै सात हेक्टर क्षेत्रफलमा फैलिएको मुख्यालयको पूर्वी नदीमा कुनै सुरक्षा डुंगाहरु छैनन् । खटाइएका केही सुरक्षाकर्मीलाई पनि कुनै हतारो र दौडधुप छैन ।

अहिले चलिरहेको ७५औं महासभामा सहभागिताका लागि हस्ताक्षर गर्न कोही नेता नआए पनि भाषणहरु भने चलि नै रहेको छ ।

राष्ट्रसंघले महासभाका लागि दिइने मन्तव्य पहिले नै आफ्नै देशमा भिडियो रेकर्ड गरेर पढाउन आह्वान गरेको थियो । सोही आह्वान अनुसार पठाइएका भिडियो रेकर्ड भएको भाषण अहिले प्रसारण गर्दै महासभा चलिरहेको छ ।

महासभा संचालन हुने हलमा कोही मानिस नै नभएका चाहिं होइनन्, त्यहाँ झण्डै दुई सय मानिस भने छन् । जबकी अघिल्ला बर्षमा त्यही हलमा झण्डै २५ सय मानिस हुने गरेका थिए । अहिले हलमा रहेकाहरु पनि सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउनेलगायतका आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने नियम बनाइएको छ ।

मुख्यालय वरीपरी व्यापार व्यवसाय गर्दै आएकाहरुले पनि अहिले राम्रो व्यापारको मौका गुमेको गुनासो गरेका छन् । आफूलाई मारिया नाम बताउने एक स्थानीय व्यवसायीले अघिल्लो बर्षको स्मरण गर्दै भन्नुभयो, “अघिल्लो बर्ष यहाँ अति धेरै मानिसहरु आएका थिए, अहिले त एक जना मात्रै ग्राहक छन् ।”

महासभा चलिरहेका बेला आफू अत्यधिक व्यस्त हुने गरे पनि अहिले कुनै काम नभएझै फुर्सदिलो भएको पनि उहाँले बताउनुभयो । उहाँ जस्तै अरु पनि धेरै व्यवसायीले पहिलाको जस्तै चहलपहल र कारोबार कहिले होला भनेर प्रतिक्षा गरिरहेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !


पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

छोरीले प्रेम विवाह गरेपछि एक पुरुषले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए



एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् । प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।

प्रतिक्रिया दिनुहोस !

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्ने शक्तिशाली मिसाईल परिक्षण



एजेन्सी । उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परिक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ । पछिल्ला परीक्षणहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइएका मिसाइल पनि रहेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक मिसाइल र आणविक हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: