स्याङजामा पहिरोले पुरिदा एकै परिवारका ९ जनाको ज्यान गयो « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

स्याङजामा पहिरोले पुरिदा एकै परिवारका ९ जनाको ज्यान गयो



पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए



खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस !

बाढीपहिरोले बझाङमा ९ जनाको मृत्यु, २१ जना बेपत्ता



केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन् । बेपता ब्यक्तिहरूलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेको कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भए । दुई दिनदेखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भेटिएको छ । 

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । 

विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ ।  घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमती जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरी र पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । एक जनाको पहिचान खुलेको छैन । 

छविसपाथीभेरा गाउँपालिका २ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय एक बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० परिवार विस्थापित भएका छन् भने थलारा गाउँपालिकाका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

सो क्षेत्रमा यतिबेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस !

माओवादी केन्द्रका विभाग गठन : मन्त्रालय चलाएकालाई नै सम्बन्धित विभाग



नेकपा माओवादी केन्द्रले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । 

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । 

सञ्चार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

१. अर्थ तथा योजना विभाग – वर्षमान पुन

२. संगठन विभाग – जनार्दन शर्मा

३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा

५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी

६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री

७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल

८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

१०. खानेपानी विभाग – विना मगर

११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल

१२. निर्वाचन विभाग – खिमलाल देवकोटा

१३. कानुन विभाग – मुक्ति प्रधान

१४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

१५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ

१६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल

१७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा

१८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

१९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन

२०. राजकीय मामिला विभाग – रेखा शर्मा

२१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा

२२. वन तथा वातावरण – शक्ति बस्नेत

२३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह

२४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा

२५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव

२६. संघीय संसदीय विभाग – देव गुरुङ

२७. समाज कल्याण विभाग – सत्या पहाडी

२८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा

२९. सहरी विकास विभाग – देवेन्द्र पौडेल

३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत

३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर

३२. स्थानीय तह विभाग – उर्मिला अर्याल

३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: