१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दक्षिण कोरियाका अधिकारीलाई उत्तर कोरियाले ‘हत्या गरी जलायो’



उत्तर कोरियाली सेनाले आफ्ना एक अधिकारीको गोली हानी हत्या गरी जलाएको दक्षिण कारियाको रक्षा मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले आफ्ना अधिकारीमाथि भएको ‘बर्बर’ घटनाको निन्दा गरेको छ ।

माछा विभागमा काम गर्ने ४७ वर्षका व्यक्तिमाथि उत्तर कोरियाले गोली हानेको दक्षिण कोरियाको भनाई छ।

गस्ती डुंगामा रहेका आफ्ना अधिकारी उत्तर कोरियाको सीमा क्षेत्रबाट बेपत्ता भएका थिए । पछि ती व्यक्ति उत्तर कोरियाको जल क्षेत्रमा फेला परेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाका सैनिकले ती व्यक्तिलाई गोली प्रहार गरेको र त्यसपछि तेल खन्याएर आगो लगाएको दक्षिण कोरियाको रक्षा मन्त्रालयको भनाई छ । विविध कूटनीतिक सूचनाको विश्लेषणका आधारमा निष्कर्षमा पुगिएको दक्षिण कोरियाले बताएको छ ।

उत्तर कोरियाले यस सम्बन्धमा अहिलेसम्म केही बताएको छैन । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सीमा नाकामा कडाई गरेको छ र कोही अपरिचित देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय