भूकम्पले भन्दा डोजरले बढी पहिरोको जोखिम निम्त्यायो « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

भूकम्पले भन्दा डोजरले बढी पहिरोको जोखिम निम्त्यायो



काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्काे गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताउनुभयो ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भन्नुभयो, “पहिरोबाट यस वर्ष ठूलो जनधनको क्षति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाबिना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भत्काउने कार्यले पहिरोका घटना ह्वात्तै बढेकोछ, यो ठूलो चिन्ताको विषय हो ।” मुलुकका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्यान गुमाउनुपरेको घटनाको विवरण सुनाउँदै उहाँले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको जिकिर गर्नुभयो ।

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ ।

सिन्धुलीबाट प्रनितिधित्व गर्नुहुने सांंसद गणेशकुमार पहाडी भन्नुहुन्छ, “मुलुकमा अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक बनेका छन् । एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्याङकन, योजना तथा लागतको लेखाजोखा बेगर खनिएको देखिन्छ । त्यस्ता सकडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् ।”

स्थानीय तहका जनप्रतिनिधिले मात्र होइन, सांसदसमेतको मिलोमतोमा सस्तो लोकप्रियताका लागि टोलटोलमा सडक पुर्याउने होडबाजीले हरियाली भिरपाखा पहिरोमा परिणत भएको तथा जथाभावी भएको डोजर प्रयोगले सुन्दर गाउँबस्ती ढुङ्गाको बगरमा परिणत हुँदै गएको छ ।

सांसद पहाडी भन्नुहुन्छ, “जनताको माग पनि जसरी भए पनि घर टोलमा बाटो आओस् भन्ने छ, जनप्रतिनिधिमा पनि आफूले किनेको मेसिनलाई नै काम दिएर पैसा कमाउँ भन्ने ध्याउन्न देखिन्छ, तर यस्तो गलत प्रवृत्तिलाई रोक्न वातावरणीय अध्ययन मूल्याङ्कनलाई अनिवार्य गर्नुपर्छ, अनि मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

मुलुकका केही स्थानीय तहका जनप्रतिनिधि स्वयं तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताकै मिलेमतोमा डोजर किन्ने र स्थानीय तहलाई भाडामा दिने गरेको पाइएको छ । डोजरका चालकलाई वरिष्ठ इन्जिनीयर बनाएर भकाभक खनिएका सडकको नतिजाका रूपमा धमाधम पहिरो गई मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । साथै, जथाभावी डोजरको प्रयोगले वातावरण विनाश, भूक्षय र पानी परेपछि बगाउने भेलले बगाउने बाटोका कारण एउटै बाटोमा पटकपटक ठूलो परिमाणमा रकम रकम खन्याउनु पर्ने बाध्यता हुँदै आएको छ ।

भौगर्भिक र वातावरणीय अध्ययन बेगर सडक बनाउँदा माथिबाट खनिएको सडकले गाउँबस्तीमा पहिरो लडाउने गरेको तथा गाउँ तलबाट सडक खन्दा समग्र बस्तीनै जोखिमा पर्ने मात्र होइन, मुलुकको विकासलाई दीगोपन दिन नसक्ने विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको छ ।

सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्नुहुने सांंसद शेरबहादुर तामाङ भन्नुहुन्छ, “प्राकृतिकरूपमा जमेर बसेको माटोलाई भूकम्पले खलबल्याई दिएकोमा त्यसमाथि सडक खन्ने नाममा डोजर चलाएर जमिन थर्काउने काम हुँदा पहिरोको जोखिम थप निम्तिएको छ ।

मुलुकमा बेरोजगारी बढेर भयावह स्थिति बनिरहेको सन्दर्भमा दिनभर कोदालो, पिक र सावेलजस्ता साना औजार चलाएर राति पेटभर खान पुग्ने तरिकाले ग्रामीण हरित सडक निर्माण गर्ने योजना बनाउन सके निम्न वर्गीय श्रमिकको दैनिक रोजीरोटी समेत खोसिने थिएन ।

उहाँ भन्नुहुन्छ, “पछिल्लो समय डोजरले खनेर बाटो टोलटोलमा पुर्याउने होडबाजी चलेको छ, जनतामा पनि डोजरलाई दिने पैसा हामीलाई देऊ, हामी बाटो खन्छौँ भन्ने देखिन्न । जनप्रतिनिधि पनि गाउँमा डोजर कुदाएर विकास भएको देखाउन खोज्ने, सयौँको सङ्ख्यामा जनता पनि डोजर कुदेको रमिते बन्ने प्रवृत्ति मौलाएको छ, यो ठिक होइन, डोजर होइन, स्थानीयलाई रोजगारी दिने ढङ्गबाट विकास कार्यक्रम बनाउनुपर्छ ।”

विकास भनेको बाटो भन्ने जागरण आउनु उत्साहजनक भए पनि हिउँदभर सडक खन्ने बर्सातमा भेलले बगाउने निरन्तरताले देश विकास हुन नसक्ने भएकाले सडक निर्माण गर्नुअघि गुरुयोजना बनाएर मात्र काम थाल्न बाग्लुङबाट प्रतिनिधित्व गर्नुहुने सांसद दुर्गा पौडेल सुझाव दिनुहुन्छ ।

यस वर्षको बर्सातमा अरु जिल्लाको तुलनामा सिन्धुपाल्चोक र बाग्लुङमा बाढीपहिरोबाट बढी धनजनको क्षति भएको छ । उहाँ भन्नुहुन्छ, “सडक बनाउनुअघि भूगर्भविद्लाई लगेर अध्ययन गराउनुपर्छ, त्यो भएन भने वातावरणमा नकारात्मक असर पर्छ, भूक्षय हुन्छ, भूकम्पले भन्दा डोजरले निम्त्याएको पहिरोको क्षति ठूलो देखिएको छ ।

रु एक करोडभन्दा तलका आयोजनामा डोजर प्रयोग गर्न नमिल्ने नीति बनाइए पनि रु पाँच लाखका योजनामा पनि डोजर चलाएर गाउँघरका भिरपाखालाई थिलथिलो बनाई पहिरोलाई मलजल गर्ने ढङ्गबाट भइरहेका गलत कामलाई तत्काल रोक्न आवश्यक छ । गाउँगाउँमा हुने डोजरको प्रयोगबाट राष्ट्रिय राजमार्गमा समेत पहिरो गई यातायात अवरुद्ध हुँदै गएका छन् ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !


खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए



खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस !

पहिरोले एक दर्जनभन्दा बढी घर भत्किए



बैतडी वर्षाका कारण बैतडीका विभिन्न ठाउँमा स्थानीयका घर भत्किएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका-४ स्थित राजेन्द्र खत्रीको दुई तले घर र वडा-६ स्थित हरिसिंह धनाडीको दुई तले निर्माणाधीन पक्की घर भत्किएका छन् । घर भत्किएपछि अहिले उनीहरूका परिवारका सदस्यहरूलाई आवासका लागि समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।यसैगरी जिल्लाको पुर्चौडी नगरपालिका-६ त्रिकालीमा एउटा घर पहिरोमा पुरिएको छ । पहिरोमा परी स्थानीय वसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर-१ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सरसमानसहित पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । यसैगरी दशरथचन्द नगरपालिका-४ जर्गमा रहेको तारादत्त पाण्डेयको घर आंशिक पुरिएको छ भने सोही गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ ।

जिल्लाको मेलौली नगरपालिका-३ को पुजारा गाउँका गौरसिंह भाटको पसलमाथिबाट आएको पहिरोले पसल पुरिँदा २० हजार रुपैयाँ बराबरका मालसामान नष्ट भएको स्थानीय नरीराम पार्कीले बताए । सोही ठाउँका दानीराम पार्कीको घरमाथिबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमती घाइते भएकी छन् । यसअघि शिवनाथ-६ मा मंगलबार एउटा घर भत्किँदा तीन जनाको ज्यान गएको छ भने सुर्नया-५ मा घर भत्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको सिगास-५ ढुंगाडमा पहिरोले स्थानीयका पाँचवटा घर पुरिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

उठाउने बेलाको धानबाली वर्षाले सखाप, चिन्तामा किसान



गौरीगंज( १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो । तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो ।

धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ । ‘अब त धान घरमा भित्र्याउने आस छैन । धानबालीमा नदी कुदिरहेको छ । यस्तो देख्दा कसको मन मान्छ र रु’, उनी भन्छन्, ‘किसानलाई सधैँ समस्या । जसरी पनि किसानलाई नै समस्या हुन्छ ।’

यस पटक धानका बाला पनि राम्रो लागेको थियो । विगतको तुलनामा धेरै धान घरमा भित्र्याउन पाइन्छ कि भन्ने आसमा थिए हरिप्रसाद ।

धान पाक्ने बेलामा यसरी सखाप हुने उनले कल्पना नै गरेका थिएनन् । ‘हामी सधैँ माई नदीका बाढीपीडित हौँ । अरू बेला धान रोप्ने बेलामै बाढीले खेत बगाउँथ्यो । यस पटक धान त मजाले रोप्न पायौँ’, उनी भन्छन्, ‘कात्तिकमा त कल्पना नै गरेका थिएनौँ । यस्तो के भएका होला रु अचम्ममा छौँ । असार(साउनमा नआएको बाढी कात्तिकमा आएर पाक्न लागेको सबै धान लगिदियो ।’

गौरीगंज( १ का भगतलाल राजवंशीले एक बिघा क्षेत्रफलमा ऋण गरेर खेती लगाएका थिए । धान फलाएर बेचेर तिर्ने शर्तमा खेतीका लागि लिएको २० हजार रुपैयाँ ऋण अझै उनको थाप्लोमा छ । तर, धान बेचेर ऋण तिर्ने उनको सपना चकनाचुर भएको छ । उनले ट्याक्टर लगाउन, रासायनिक मल खरिद गर्न र जनमन लगाउन ऋण लिएका थिए ।

‘ट्याक्टरलाई त धान उठाएर दिने भन्ने शर्त थियो । जनमन र मलको खर्चचाहिँ ऋण लिएर तिरेँ’, उनी भन्छन्, ‘अब कसरी ऋण तिर्ने रु भएको धान खेत बगर भयो । हाम्रो त वर्षभरि खाने मेलो नै यही खेत हो । अब एक कसरी जीवन चलाउने होला र ?

राजवंशीले धान रोपेको खेतमा अहिले कन्काई माई नदी बगिरहेको छ । ‘बरु असारमै यस्तो भएको भए ऋण त लाग्ने थिएन’, उनी भन्छन्, ‘यत्रो खर्च र मिहिनेत गरेर पाक्ने बेलामा यस्तो भयो ।’

जिल्लामा अधिकांश ठाउँमा धानबाली नष्ट भएको छ । कतै पाक्ने अवस्थामा त कतै पसाउन लागेको धानमा ठूलो क्षति पुगेको हो । पाक्न लागेको धान पानीमा डुबेको छ । कृषि ज्ञानकेन्द्र झापाका अनुसार यस वर्ष झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती भएको थियो । ५० प्रतिशत धानबालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । खेतमा अझै केही दिन धान डुबे कामै नलाग्ने अवस्थामा पुग्ने उनले बताए ।

‘केही धान त पाक्ने अवस्थामा थियो । धेरै धान लडेको छ । अब यो उठाउन संभव छैन । ५० प्रतिशत धानबालीमा क्षति पुगेको छ । विवरण संकलन गर्ने काम पनि धमाधम भइरहेको छ’, उनले भने, ‘बिउका लागि त अब यो धान काम लाग्दैन । पानी जमेको खेतलाई सुख्खा बनाएर डुबेको धान सुकाउन सके खाद्यान्नका लागि काम लाग्न सक्छ ।’धानबालीबाहेक कृषकले लगाएको सागसब्जीमा समेत बेमौसमी वर्षाले असर पारेको ज्ञानकेन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: