७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

वरिष्ठ पत्रकार इभान्सको निधन



वरिष्ठ बेलायती–अमेरिकन पत्रकार सर हारोल्ड इभान्सको निधन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सन्डे टाइम्सका पूर्व सम्पादक सर हारोल्ड इभान्सको ९२ वर्षको उमेरमा निधन भएको हो ।

ह्यारी इभान्सका रुपमा पनि बोलाइने इभान्सको थेलिडोमाइड लागूऔषधका सम्बन्धमा भएको खोजमूलक रिपोर्टिङको नेतृत्व गरेका थिए । इभान्सको ‘हार्ट फेलियर’ का कारण न्यूयोर्कमा निधन भएको श्रीमती टिना ब्राउनले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

७० वर्ष लामो सक्रिय पत्रकारितामा इभान्सले म्यागजिनको स्थापना गरे भने पुस्तक प्रकाशक तथा लेखक पनि बने । उनी अहिले रोयटर्सका एडिटर–एट–लार्ज थिए । इभान्स १३ वर्षसम्म सन्डे टाइस्मसको सम्पादकको भूमिकामा थिए ।

उनी बेलायत तथा अमेरिकाका सुप्रसिद्ध पत्रकारमध्ये एक हुन् । सन् २००३ मा उनलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानका लागि नाइटहूड प्रदान गरिएको थियो ।

त्यसको एक वर्ष पहिले प्रेस ग्याजेट र द ब्रिटिस जर्नालिजम रिभ्यूले गरेको सर्वेक्षणपछि उनलाई सर्वकालिन सर्वोत्कृष्ट सम्पादक घोषित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !