२२ मंसिर २०७८, बुधबार
 |   Wed Dec 8 2021
Logo

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १४० जना प्रहरी कोरोना संक्रमित



धनगढी | बिहिबारसम्म सुदूरपश्चिममा १ सय ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहिबार धनगढीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १ सय ४० पुगेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप तीन जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत थप तीन जनामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौँ : प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका(१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक



विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ।

समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो।

सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ।

यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची रहेका छन्।

सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन्। यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ। भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन्।

प्रतिक्रिया दिनुहोस !

थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: