६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

बालुवाटार जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ



काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेका थिए । पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !