३० बर्ष पुरानो ग्यास्टिक पनि तुरुन्तै निको पार्ने अचुक रामबाण घरेलु ओेैषधी ( भिडियो हेर्नुहोस् ) « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

३० बर्ष पुरानो ग्यास्टिक पनि तुरुन्तै निको पार्ने अचुक रामबाण घरेलु ओेैषधी ( भिडियो हेर्नुहोस् )



काठमाडौं | ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ । दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।

यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ ।

तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।


प्रतिक्रिया दिनुहोस !


५४५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको ६ हजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। यही अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !

दोस्रो पटक २० लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा



काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा यीले थप २० लाख डोज कोरोना विरूद्धको खोप अनुदानमा दिने प्रतिबद्धता जनाएका हुन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको जानकारी दिएको छ। दुईबीचमा तातोपानी नाका खुलाउने र सँगै मिलेर कोरोनाविरुद्ध लड्नेलगायत विषयमा कुराकानी भएको बताइएको छ । टेलिफोन संवादपछि परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिए । दुईबीचमा एक घन्टा टेलिफोनमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो



जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराकाे जालाे लागेकाे छ ।  

दोस्राे कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार आइरहँदा जिल्ला अस्पताल गाईघाटमा भने झण्डै १५ महिनाअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका छन् । 

पहिलो कोभिडकालको सुरूमा ५ वैशाख २०७७ मा स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ संक्रमित फेलापरेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । त्यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरीकै प्रमुख संक्रमणस्थलमा बन्न पुगेपछि उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि सारिएकाे थियो । प्रदेशबाट प्राप्त एक करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलले बताउँछन ।

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरू अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल भनाइ छ । भेन्टिलेटरमा जडान गरिएको बेडहरू रिमोटबाट सञ्चालन हुने अत्याधुनिक छन् । कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था सम्भव भएनन् ।  जनशक्ति अभावमा सेवा सुचारु हुन नसकेको अस्पताल प्रशासन बताउँछन् । एक करोड लगानीमा १५ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नु परेको छ । गम्भीर खाले काेभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटरको अब काम आउने सम्भावना भए पनि जनशक्तिले भने जुटाउनै नसकिएको डा.मण्डले जानकारी दिए ।

कोभिड भेरियन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुचारु गर्न डिसीसीएमसी र अस्पताल विकास समितिले पहल थालेको थियो ।  तर, जनशक्ति पाउने सम्भावना नभएको जिल्ला कोभिड व्यवस्थापन समितिले बतायाे । आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट खोज्न डिसीसीएमसी बैठकमा कुरा उठेपछि बैठक स्थलबाटै प्रदेश सरकारलाइ सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आएकाे थियाे ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्गबहादुर परियारले पनि जनशक्ति जुटाउन नसकिएकाले भेन्टिलेटर सुचारु गर्न कठिनाइ भएको बताए । कोभिडको बिरामीलाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने  प्रयास बारम्बार भएको थियो । सकेसम्म कन्सल्टेन्ट डा.को खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर काम चलाएर सेवा दिलाउन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल गरियो । तर, पनि सम्भव नभएकाे अध्यक्ष परियारले बताए । अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालनमा ल्याउन सके जटिल प्रकारको बिरामीको जिल्लामै उपचार पाउन सक्ने थिए । त्यसप्रति गम्भीर भएर भेन्टिलेटर सुचारु गराउन  स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: