१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जलहरीमा खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित होइन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए। ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि, उनले भने।

ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए। पहिले ९९.९९ प्रतिशत सांसदको समर्थनमा बजेट पारित हुने गरेकोमा अहिले ५३ प्रतिशतले मात्रै पारित भएको भन्दै ओलीले वर्तमान सरकारले संसदमा आफ्नो मत गुमाउँदै गएको दाबी गरे। तर यो सरकारलाई विस्थापन गर्ने प्रयासमा नलागेको उनले बताए। उनले भ्रष्टाचारका पुराना फाइलहरू खुल्नु नियमित प्रक्रिया भएको बताए। ‘यो सरकारले प्रतिक्रिया दिन लायक कुनै काम गरेको छैन,’ उनले भने, ‘स्वार्थले बनेको गठबन्धन हो। स्वार्थ फुटेपछि सक्किहाल्छ।’


प्रतिक्रिया दिनुहोस !