Friday, January 17, 2025

ट्रेन्डिङ :

महाकाली सिंचाईका आयोजना प्रमुख बिष्ट अख्तियारको नियन्त्रणमा

spot_img
spot_img
spot_img

कञ्चनपुर– महेन्द्रनगरस्थित महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक प्रचण्डदेव बिष्ट एक युवतीसहित काठमाडौं सुन्धाराको होटलबाट पक्राउ परेका छन्।

महानगरीय प्रहरी बृत्त (जनसेवा) का प्रमुख डिएसपी सुनिलजंग शाहका अनुसार बुधवार राति ११ बजे होटलमा छापा मार्दा बिष्ट युवतीसहित भेटिएका हुन्। सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको गुनासो स्थानीयले प्रहरीलाई गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो। ‘हामी पुग्दा उहाँ युवतीसहित मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेट्टायौं,’ शाहले भने, ‘झोला जाँच गर्दा ११ लाख रुपैया फेला पर्यो। उहाँले त्यो रकम डिजीलगायतलाई दिन ल्याएको बताउनु भयो।’

अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरेको थियो। आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो। युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखेको छ।

त्यस्तै सिचाई विभाग अन्तर्गत बिदेशी दाताहरुको सहयोगमा संचालित निकै धेरै नगदे आयोजनाहरु रहेका छन् | जहाँ नीतिगत भ्रस्टाचारको त अखडा नै रहेको कुरा बिशेष श्रोतबाट खुल्न आएको छ |- महेन्द्रनगरपोस्टबाट साभार

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?