२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

ललिपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन र गोदावरी नगरपालिकाका मेयरलाई कोरोना सक्रमण पुष्टि



काठमाडौँ – ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण भएको छ।

उनीहरु दुवै जनालाई शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य असहज भएपछि चिरिबाबुको बिहीबार स्वाब लिइएको थियो।

उनको शुक्रबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएका महानगरपालिकाका सूचना अधिकारी रुद्रप्रसाद गौतमले जानकारी दिए।

उनी बिहीबारसम्म अरु संक्रमितलाई घरघरमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउने काममा सक्रिय थिए। त्यस्तै गोदावरीका मेयर महर्जनकी पत्नी गंगामायालाई पनि कोरोना पुष्टि भएको छ।

दुवै मेयर हाेम आइसोलेसनमा बसेका छन्। यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय