इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय



पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ ।

इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन । विद्यालयले पठाएपछि अहिले शिक्षक विद्यार्थीलाई पढाउन टोलटोलमा पुग्न थालेका छन् । “इन्टरनेटको पहुँच सबै विद्यार्थीका बीचमा नहुने भएकाले टोलटोलमै पुगेर पढाउन थालेका छौँ”, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटाले भन्नुभयो, “विद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उत्तम विकल्प देखियो ।” विद्यालयले यसअघि टोलमा पुगेर गृहकार्य दिने र १० दिनपछि पुगेर गृहकार्य परीक्षण गरी थप गृहकार्य दिँदै आएको थियो । कक्षाकोठामा सामाजिक दूरी कायम गरेर पढाउन विद्यार्थी सङ्ख्या धेरै भएकाले कठिन छ । दशैँसम्म टोलटोलमै पुगेर यही विधिका आधारमा पठनपाठन गराउने योजना रहेको प्रअ सापकोटाले बताउनुभयो ।

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउने भनेको छ । निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाइमा सहजीकरण गर्न निर्देशन दिइएको छ तर पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन् । धेरै विद्यार्थी सिकाइ क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोलटोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रमअनुसारकै क्रियाकलाप जारी राखेको बताएका छन् ।

सदरमुकाम कुश्मा नगरपालिकाभित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीलाई नजिकका विद्यालय, खाली घर, समाजघर वा घाम लाग्दा चौरमा पनि पढाउन थालिएको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमालले बताउनुभयो । जिल्लामा सङ्क्रमित थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै सङ्क्रममण आउने हो कि भन्ने चिन्तामा रहे पनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाइ प्रभावकारी बनेको उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटाबाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउनुहुन्छ । “हाम्रोमा नेट उपलब्ध छैन । पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेको उचैले बताउनुभयो ।

कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा सङ्क्रमित नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघङ्न हुने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


एमालेको दशौँ महाधिवेशनको स्थान फेरियो



काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले जानकारी दिए ।

साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।​ यसैबीच दसौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरिएको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: