spot_img
Tuesday, August 3, 2021
spot_img

ट्रेन्डिङ :

खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २० लाख पुग्ने: डब्लुएचओ

spot_img

एजेन्सीको सहयोगमा | प्रभावकारी खोप पत्ता लाग्नु पूर्व विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।

गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।

संक्रमण फैलिने क्रमम निरन्तर जारी रहँदा विश्वभर संक्रमितको संख्या तीन करोड २० लाख भन्दा बढी पुगेको छ ।

गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ ।

अहिलेसम्म अमेरिका, भारत र ब्राजिल विश्वका सबैभन्दा बढी प्रभावित देश हुन् । यी तीन देशमा गरेर एक करोड ५० लाख भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्ला दिनहरुमा युरोपका विभिन्न देशमा संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । महामारीको पहिलो चरणमा जस्तै अहिले पनि युरोपका विभिन्न देशमा लकडाउनसहितका प्रतिबन्धात्मक उपायहरु अपनाउन थालिएको छ ।

डा. रायनले भने, ‘समग्रमा निकै फराकिलो क्षेत्रमा चिन्ताजनक रुपमा संक्रमण फैलिरहेको हामीले देखेका छौँ ।’

उनले युरोपियनहरुलाई लकडाउनको अवस्था पुनः आउन नदिनका लागि पर्याप्त काम गरे–नगरेको आफैलाई सोध्न आग्रह गरेका छन् ।

उनले परीक्षण तथा ट्रेसिङ्ग, क्वारेन्टिन र सामाजिक दूरीसहितका उपायहरु अपनाउन मुख्य रुपमा जोड दिनु पर्ने र त्यसमा कुनै पनि हिसाबले कमी ल्याउन नहुनेमा जोड दिएका छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: