सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी



काठमाडौं । चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।’

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा बताउँदै भने, ‘चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।’

उनले भने, ‘हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।’

गत जुलाईदेखि बन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबी चीनको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले पत्रकार सम्मेलनमा खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

भारतलाई जिताउन नेपाली फुटबल टोलीका कोच अलमुताइरीलाई कारबाही !



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो । उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो। अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । उनले भने, ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस !

भुटान-चीन सम्झौताले किन चिन्तित भारत ? भुटानमाथिको भारतको दबदबा तोडिएकै हो ?




काठमाडौं । बिहीबार १४ अक्टोबरमा चीन र भुटानका परराष्ट्र मन्त्रीहरुले भिडियो कन्फरेन्सिंग को माध्यम बाट एक बैठक गरी दुई देशहरु बीच धेरै बर्ष देखि सीमा विवाद को समाधान को लागी तीन चरणको रोडम्याप सम्झौतामा हस्ताक्षर गरे। डोक्लाम त्री जंक्शनमा भारत र चीनको सेनाबीच ३ दिनको अवरोध भएको चार वर्षपछि सम्झौता भएको हो। डोक्लाममा विवाद तब शुरू भयो जब चीनले भुटानले दाबी गरेको क्षेत्रमा सडक बनाउन खोजे।

यस सम्झौताको बारेमा भुटान विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भने, हामीले आज भुटान र चीन बिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छौं। तपाइँलाई थाहा छ कि भुटान र चीनबीच सन् १९४८ देखि सीमा वार्ता चलिरहेको छ। भारत पनि यस्तै तरिकाले चीन संग सीमा वार्ता गरिरहेको छ । भुटानको चीनसंग ४०० किलोमिटर भन्दा बढी सीमा जोडिएको छ । दुई देशहरु विवादको समाधानका लागि १९४८ देखि २० पटक सीमा सामाधान गर्न वार्ता भईसकेको छ ।

कुन क्षेत्रमा चीनको नजर ?
दुई क्षेत्रहरु जसमा चीन र भुटानको बीच अधिक विवाद छ, एक भारत चीन भुटान त्रिकोणको नजिक २६९ वर्ग किलोमिटरको क्षेत्र हो र अर्को भुटानको उत्तर मा ४९५ वर्ग किलोमिटरको जकारलुंग र पास्मालुंग उपत्यका। रणनीतिक मामिला विश्लेषक तथा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल एसबी अस्थाना चीन भुटानलाई ४९५ वर्ग किलोमिटर क्षेत्र दिन चाहन्छ र बदलामा २६९ वर्ग किलोमिटर क्षेत्र लिन चाहन्छ। चीन सधैं आफ्नो कमजोर देशहरुसंग द्विपक्षीय सम्बन्ध बनाउनका लागि कोशिश गरीरहेको छ । ताकि उसको आर्थिक र सैन्य प्रभावसंग ती देशहरुलाई प्रभावित गरेर आफ्नो हितका लागि निर्णय गर्न सकोस् एसबी अस्थाना भन्छन् ।

उनी भन्छन्, भुटानको उत्तरी सिमानामा रहेका दुई क्षेत्रहरु, जुन चीनले दाबी गरेको छ, ती मध्ये एउटा चुम्बी उपत्यका हो, जसको नजिकै डोकलाममा भारत र चीनको बीचमा झडप भएको थियो। चीनले भुटानबाट चुम्बी उपत्यका क्षेत्रको माग गरेको थियो। उसलाई बदलामा अर्को विवादित क्षेत्र दिनको लागि तयार छ, जुन चुम्बी उपत्यका क्षेत्र भन्दा धेरै ठूलो छ। चीनले मागेको क्षेत्र भारतको सिलीगुडी करिडोरको नजिक छ।

सिलीगुडी कोरिडोर, जसलाई कुखुराको गर्दन पनि भनिन्छ (भारतका लागि) धेरै महत्वपूर्ण मानिन्छ । किनभने यो भारतका पूर्वोत्तर राज्यहरु सम्म पुग्नको लागि मुख्य सडक हो र यो भारतका लागि गम्भीर चिन्ताको बिषय हुनेछ । यदि चिनियाँहरु सिलीगुड़ी कोरिडोरको नजिक आए भने पूर्वोत्तर राज्यहरुसंग कनेक्टिविटीका लागि खतरा बन्न सक्छ । मेजर जनरल अस्थाना भन्छन्, कुखुराको घाँटी क्षेत्र भारतका लागि धेरै महत्वपूर्ण छ। यदि यस क्षेत्रमा थोरै भए पनि चीनको उपस्थिति भयो भने यो भारतका लागि ठूलो घाटा हुनेछ र यो सम्झौता भारतको हितमा हुने छैन।

जवाहरलाल नेहरू विश्वविद्यालय, पूर्वी एसियाली अध्ययन केन्द्र, अन्तर्राष्ट्रिय अध्ययन स्कूल केन्द्रका प्रोफेसर डा. अलका आचार्य भन्छन्, भुटान र चीनको सम्झौताले भारतको चिन्ता बढ्न सक्छ। उनी भन्छिन्, डोकलाम विवादपछि चीनले भुटानलाई सम्पर्क गर्न र सीमाको बारेमा कुरा गर्ने अभियान चलायो। चिनियाँ पक्षबाट धेरै पहल भएको थियो। अब चीनको प्रयास भनेको उसले सिधै भुटानसँग एउटा सम्झौता गर्नु पर्छ। यसले भारतको समस्या बढाउनेछ । किनकि अब चीनले सबैसंग एक समझौता गरेको छ र केवल भारत मात्र बाँकी छ । यसले एक मनोवैज्ञानिक दबाब सिर्जना गर्नेछ आचार्य बताउँछन् ।

प्रोफेसर आचार्य भन्छन्, यो स्पष्ट छकि भारत र भुटान बीचको सम्बन्ध धेरै गहिरो छ र भुटानको भारत तिर बढी झुकाव छ। भारतको विदेश मामिला मन्त्रालयबाट धेरै पैसा भुटान जान्छ। आर्थिक रूपमा, भारतले भुटानलाई धेरै मद्दत गर्छ र भारतले भुटानमा चीनको हस्तक्षेपलाई रोकेको छ । भारतले भुटानलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ भनि चीनले आलोचना गर्छ ।

तर प्रोफेसर आचार्यका भन्छन्, भुटान एउटा सानो भू परिबेष्टित देश हो । तसर्थ भुटान चीनसंग कुनै न कुनै सम्बन्ध राख्न चाहन्छ । उनी भन्छिन्, भुटान पनि चाहन्छ कि चीनसंग यसको सीमा विवाद हल हुन्छ । त्यसपश्चात उसले चीनसंग एक आर्थिक सम्बन्ध निर्माण शुरू गर्न सक्छ। त्यसो भए भुटान एक तरीकाले यो एक स्वतन्त्र देश बन्ने विषयमा पनि सोचिरहेको छ । भुटान एक तरीकाले भारत र चीनको बीचमा फसेको छ । यस्तो स्थिति कायम राख्न भारत र चीनको मध्यस्तका रप्मा रहिरहन खोज्छ । भुटान कसैको बिरुद्धमा देखिन चाहँदैन।

अर्कोतर्फ, यो सम्झौता चीनको दबाब सिर्जना गर्ने रणनीति हो। आस्ताना भन्छन्, चीनको रणनीति बिना लडाइँ जित्नु हो। उ युद्ध चाहँदैन र यसैले उसको रणनीतिमा दबाब, प्रचार, धम्की र छिमेकीहरुसँग प्रलोभन हुन्छ। चीनको अन्तिम उद्देश्य भारतको पूर्वी लद्दाखमा चलिरहेको गतिरोधका बारेमा बोल्न बन्द गर्नु र दुई देशहरु बीच व्यापार गतिविधिहरु पहिलेकै स्थितिमा पुर्याई, लद्दाखको वर्तमान स्थिति कायम राख्न चाहन्छ। तर भारत झुकेको छैन, त्यसैले चीन अन्य क्षेत्रहरुमा दबाब दिन खोज्दैछ।

अस्थाना भन्छन्, यदि भारत सतर्क भएन भने चाँडै चिनियाँ रेलवे लाइन चुम्बी घाँटी पुग्नेछ। चीनको पहिले नै यतुंगसम्म रेल लाइनको योजना छ र यातुंग चुम्बी घाटीको मुख मै छ। त्यसैले यदि भारत होशियार भएन भने र चीन भुटानसंग सम्झौता गरि चुम्बी चीनको कब्जामा हुनेछ। यस क्षेत्रमा भारतीय सेनाको तैनाती सबैभन्दा बलियो छ । किनभने भारतीय सेनाको उच्च स्थानमा तैनाथ छ । त्यसैले चीन सिलीगुड़ी कोरिडोरमा प्रवेश गर्न नसक्छ तर त्रिकोणीय क्षेत्रमा पुग्न यसले रणनीतिक लाभ दिन सक्छ।

बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: