११ असार २०८१, सोमबार
 |   Mon Jun 24 2024
Logo

कोशीको मुख्यमन्त्रीमा बराबर सांसद देखाउँदै कार्की र आङ्बोको दाबी पेस



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री बन्न सांसद इन्द्र आङ्बो र केदार कार्कीले प्रदेश प्रमुख समक्ष बिहीबार बहुमत सांसदको समर्थन पेस गरेका छन्। दुबै पक्षले ४७–४७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अहिलेसम्म तटस्थ बसेको छ। ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन्। ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।


प्रतिक्रिया दिनुहोस !