१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतले नेपाललाई २५ हजार मेट्रिकटन चिनी दिने, कालोबजारी घट्ने



काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । “भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट यो चिनी ल्याइनेछ,” उनले भने, “साल्ट टेड्रिङले प्रक्रिया आजबाट नै थालेको छ । तिहार अगाडि नै चिनी नेपाल आइपुग्छ ।” भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !