१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

कुशल बने ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर



काठमाडौं । नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन् । घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए । ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो । फाइनलमा पुगेका यी दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन् ।


प्रतिक्रिया दिनुहोस !