१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कान्तिपुर मिडिया ग्रुपलाई श्रमजीवी पत्रकार संघ नेपालको कडा चेतावनी



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा श्रमजीवी पत्रकारहरुको आन्दोलनमा भएको आक्रमणको श्रमजीवी–पत्रकार संघ, नेपालले भत्र्सना गरेको छ । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै धर्नामा बसेका पत्रकार टिकाराम प्रधानमाथि भएको आक्रमणको कडा विरोध गरेका छन् । शान्तिपूर्ण धर्नामा रहेका पत्रकारहरूमाथि भएको आक्रमणको छानविनसहित दोषीउपर हदैसम्मको कारबाही गर्न श्रमजीवी पत्रकार संघ नेपालले माग गरेको छ । पत्रकार र श्रमिकहरुका न्यायसम्मत १२ बुँदे माग पुरा नहुञ्जेल जेजति षड्यन्त्र र जालझेल भएपनि कत्ति पनि नडगमगाई अनवरत रुपमा आन्दोलनमा लागिरहने प्रतिवद्धता दोहो¥याउँछौं अध्यक्ष जैसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ, कान्तिपुरले कोभिडका बेला सरकारबाट लिएको सहुलियत ऋणको जानकारी माग्दै दशकौंदेखि श्रमजीवीको पसिनाबाट भएको आम्दानीको हिसाब पनि हामी माग्नेछौं । त्यसका लागि पुल्चोकस्थित सम्पती शुद्धिकरण अनुसन्धान विभागमा छानविनका लागि संघले यसैसाता निवेदन दिनेछ । त्यस्तै, तथ्यहिन र कपोल्कल्पिक झुटो आरोप लगाएर श्रमजीवी पत्रकारको न्यायिक आन्दोलनलाई कमजोर बनाउने कान्तिपुर व्यवस्थापन पक्षको योजनालाई हामी कुनै हालतमा सफल हुन नदिने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !