१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित



काठमाडौं । चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन् । कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले २ विकेट झारिन् । त्यस्तै प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । तान्जानियाका लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन् । ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन् । बलिङतर्फ नेपालको लागि संगीता राईले दुई विकेट, रुबिना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले समान एकएक विकेट हात प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस !