१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

खुँडा हानेर आफ्नै बुवाको हत्या



पोखरा । पोखरामा एक युवाले खुँडा हानेर आफ्नै बुवाको हत्या गरेका छन्। पोखरा उपमहानगरपालिका १७ विरौटाको गोधुली संसारपथ बस्ने २२ वर्षीय रविन क्षेत्रीले मंगलबार ५५ वर्षीय बुवा रामु क्षेत्रीमाथि खुँडा प्रहार गरेका हुन्। खुँडा प्रहारबाट गम्भीर घाइते रामुको उपचारकै क्रममा चरक मेमोरियल अस्पतालमा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बाबुलाई खुँडा हानेपछि फरार अभियुक्त पक्राउको लागि प्रहरीले देशैभरको संरचना प्रयोग गरेको थियो। फरार अभियुक्तलाई पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बाबुको हत्या गर्नुको कारण खुलेको छैन। निजलाई मंगलबार साँझ नै पोखरा ल्याइ कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !