१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इजरायल र गाजाको बीचमा युद्ध विराम सम्झौता अन्तिम चरणमा पुगेको हमासको दाबी



एजेन्सी । गाजामा चलेको हमास र इजरायलको युद्ध रोक्नको लागि नयाँ सहमति हुन लागेको हमासले दाबी गरेको छ । हमासले इजरायलबाट बन्धक बनाएकाहरूलाई रिहा गर्ने र त्यसको बदल इजरायलले युद्ध विराम गर्ने सम्झौता चाँडै घोषणा हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरेका छन् । यसअघि हमासका एक नेताले आफ्नो समूह इजरायलसँग युद्ध विराम सम्झौताको नजिक पुगेको बताएका थिए।

सम्झौता अनुसार ५० जना महिला र बालबालिका बन्धकहरूलाई रिहा गर्न र चारदेखि पाँच दिनको लागि युद्ध विरामको आह्वान हुनेछ । इजरायलमा तीन प्यालेस्टिनी कैदीहरूलाई रिहा हुने प्रत्येक नागरिक बन्धकको लागि रिहा गरिने अमेरिकी समाचार संस्था सीएनएनले दाबी गरेको छ । इजरायलका पूर्व प्रधानमन्त्री एहुद बाराकले इजरायलले अल शिफा अस्पतालको मुनि दशक अघि बङ्करहरू बनाएको थियो जुन हमासले प्रयोग गरिरहेको थियो। गत हप्ता आक्रमण गर्नुअघि इजरायलले कम्प्लेक्स मुनि हमासको कमाण्ड हब रहेको दाबी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !