२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

दुर्गा प्रसाईंका समर्थकले युवा संघका कार्यकर्तालाई कुलेश्वरसम्म लखेटे



काठमाडौँ । नेकपा (एमाले) को भातृ संगठन युवा संघका कार्यकर्ता र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकको बीचमा ढुंगामुढा हानाहान भएको छ । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेर कुलेश्वरतर्फ लखेटेका छन् । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !