१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बडो अप्ठेरो परिस्थितिमा छौँ : प्रम प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको बताका छन् । पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दलसँग संवाद गरिराख्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं ।’ देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !